आज:  | Mon, 23, Dec, 2024

जुन १०बाटै भित्रिएको मनसुन नेपालमा आगमी आइतबारसम्ममा देशभर फैलिने

७ असार २०८१, बिहीबार १८:४७ मा प्रकाशित ( ६ महिना अघि) ३८९ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ६ असार ।

यस वर्ष नेपालमा आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ।

समान्यतया जुन १३ देखी नेपाल मनसुन भित्रिने भए पनि यसवर्ष भने जुन १० मा नै मनसुन भित्रिएको थियो । मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको मनसुन आजसम्म मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको जल तथा मौसम विज्ञान विभाग अन्तर्रतको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम तथा देशको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको जानकारी दिएको छ।“नेपालमा १० दिन भयो मनसुन सुरु भएको तर अझै पनि पश्चिम र सुदूरपश्चिम क्षेत्रसम्म पुग्न सकिरहेको छैन”,महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताउन भयो । उहाँका अनुसार “आइतबारसम्म मुलुकभर मनसुन फैलिएपछि तातो हावाको लहरको जोखिम विस्तारै हट्दै जानेछ।”

यसैगरी अघिल्लो वर्ष नेपालमा मनसुन भित्रिएको तीन सातापछि मात्रै देशभर फैलिएको थियो। ​हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

साथै आगामी शनिबारसम्म कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले महाशाखाले सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस