आज:  | Mon, 23, Dec, 2024

फिस्लिङ दुर्घटनामा घाईते चालकको मृत्यु,दुईजनाको अवस्था गम्भीर

१ असार २०८१, शुक्रबार १४:२० मा प्रकाशित ( ६ महिना अघि) ८२९ पटक पढिएको
नारी बाटिका


बिबियु ,नारी बाटिका संवाददाता

चितवन -३२ जेठ ।

आज विहान फिस्लिङ दुर्घटनामा घाईते भएका चालकको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै सुक्रबार बिहान भएको कार दुर्घटनामा परी घाइते भएका कार चालकको उपचारको क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उक्त कार बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ आईरहेको भे १ ख ४०६० नम्बरको यात्रुबाहक बस र काठमाडौंबाट मुग्लिन तर्फ गैईरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनामा परी १३ जना घाइते भएका छन्।

५जना सवार रहेको उक्त कारमा चालकको मृत्यु भएको हो । कारमा सवार एकजनाको अवस्था गम्भीर रहेको  जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायव उपरिक्षक तथा सुचनाअधिकारी श्रीराम भण्डारीले जानकारी दिनु भयो । यस्तै दुर्घटनामा परी घाइते भएका दुईजनाको अवस्था गम्भीर छ।

चारजना उपचारपश्चात् घर फर्किएका छन् भने ५ जनाको अवस्था मध्यम रहेको सुचनाअधिकारी भण्डारीले बताउनु भयो। कारसँग ठोक्किएपछि बस समेत त्रिशूली नदी किनारमा खसेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस