आज:  | Mon, 23, Dec, 2024

साउन १ गतेदेखी २८जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

३१ जेष्ठ २०८१, बिहीबार १९:०१ मा प्रकाशित ( ६ महिना अघि) ४२३ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ३१ जेठ ।

सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने भएको छ। यही जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रीय परिचयपत्रलाई अनिवार्य गर्न लागिएपछि परिचयपत्र बनाउनको लागी जिल्ला प्रशासन कार्यालयमा जेष्टनागरिक लगायतको भीड बढेको छ।

गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले पहिलो चरणमा २८ जिल्लामा आगामी साउन १ गतेदेखि लागु हुनेगरी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागिएको बताउनु भयो।

सोका लागी विभागबाट ती जिल्लामा विवरण दर्ताका लागि जनशक्ति समेत थप गरेर स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले पालिका रवडास्तरमा अभियान सञ्चालन गरी विवरण दर्ता भइरहेको उहाँले बताउनु भया ।

सामाजिक सुरक्षा भत्ताका लागी पहिलो चरणमा राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएका जिल्लामा झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौँ, दाङ, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, बर्दिया, सिरहा, सिन्धुली, सुर्खेत, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँ रहेका छन्।

विभागले विगत चार वर्षदेखि ७३ जिल्लाका स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सञ्चालन गरिरहेको छ। हाल सबै जिल्ला प्रशासन कार्यालय, ५४ इलाका प्रशासन कार्यालय तथा विभिन्न जिल्लाका स्थानीय तह मार्फत विवरण सङ्कलन भइरहेको छ।

२०८१ भदौ मसान्त सम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न सकिने भएकाले परिचयपत्रमा विवरण दर्ता नगरेका व्यक्तिले आफ्नो वडा कार्यालयमा गई अभियानको समयमा वा आफ्नो समय अनुकूल मिलाएर आफुनो गृह्र जिल्लाको जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा विवरण दर्ता गर्न विभागले अनुरोध गरेको छ।

साथै विभागले सूचना जारी गर्दै बालबालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्रमा विवरण दर्ता नभए पनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने पनि जानकारी गराएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस