आज:  | Sun, 08, Sep, 2024

कोशी प्रदेश सरकार विरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

२७ जेष्ठ २०८१, आईतवार ०८:१७ मा प्रकाशित ( ३ महिना अघि) १५६ पाठक संख्या
नारी बाटिका


काठमाडौं २७ जेठ ।

कोशी प्रदेश सरकार विरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गत बुधबार पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।

प्रदेश सरकारका एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गर्नु भएको थियो । उक्त रिटमा अन्तरिम आदेश माग गरिएको छ। कोशीमा एमाले संसदीय दलका नेता हिक्मत कार्की संविधानको धारा १६८ ९५० अनुसार वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

कार्कीले वैशाख ३१ गते प्रदेश सभामा विश्वासको मत लिएका हुन्। कार्कीले विश्वासको मतको प्रक्रिया अघिबढाउनुअघि नै अदालतमा रिट दर्ता भएको थियो। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले वैशाख २७ गते नै रिट दर्ता गर्नु भएको थियो।

निवर्तमान मुख्यमन्त्री कार्कीले दायर गराएको रिटमा सरकार गठन असंवैधानिक भएको जिकिर गरिएको छ। एक मुख्यमन्त्री बहाल रहेकै बेला प्रदेश प्रमुख पर्शुराम खापुङले एमालेका कार्कीलाई नियुक्त गरेको जिकिर रिटमा गरिएको थियो।

सो रिटमा एकै पटक दुई मुख्यमन्त्री रहने परिकल्पना संविधानले नगरेको र प्रदेश प्रमुखको निर्णय गैरसंवैधानिक भएको दाबी गरिएको छ। कोशी सरकार गठनको विवाद यसअघि पनि सर्वोच्चमा पटक पटक पुगिसकेको अवस्था छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस