आज:  | Sun, 24, Nov, 2024

गृहमन्त्री लामिछानेमाथीको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउने सहमति

६ जेष्ठ २०८१, आईतवार ०८:३१ मा प्रकाशित ( ६ महिना अघि) २४६ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ६ जेठ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथी लागेको सहकारी ठगी प्रकरणमा छानविन गर्न समिति गठन हुने भएको छ । शनिबार दुई महिनाअघिदेखी यसै विषयमा अडान राख्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ दलहरुबीच सहकारीमा रहेका विद्यमान समस्याहरूबारे संसदीय छानबिन समिति बनाउने सहमति भएको हो ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई घण्टा लामो छलफलपछि सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुटेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र काँग्रेस सभापति शेरबहादुर देउवा,अडानका प्रमुख भुमिकामा रहेका नेता गगनकुमार थापा लगायतका शीर्ष नेताहरूबीच छलफल भई सहमती जुटेको हो ।

लामिछानेमाथी सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउने सत्तारुढ गठबन्धन र काँग्रेसबीच सहमतिपछि पत्रकारहरुसँग कुरा गर्नु हुदै काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउनेबारे समान धारणा रहेको उल्लेख गर्दै समितिको कार्यदेशबारे आजबाट काम हुने बताउनु भयो । तर अझैपनि काँग्रेसको माग अनुसार गृहमन्त्री लामिछानेमाथि केन्द्रित भएर छानविन गर्ने समिति हुने नहुने (आशंका पनि त्यतिकै छ ।

‘लेखकले भन्नु भयो आज हामी मुख्य दलको शीर्ष नेताहरूको बैठक बस्यो । प्रधानमन्त्रीजी, नेपाली काँग्रेस सभापतिजी, नेकपा एमाले अध्यक्ष ओलीजी, उपप्रधानमन्त्रीजी लगायतका नेताहरू बस्नु भएको हो । भोलिको सदनको विषयलाई लिएर छलफल पनि भयो । सकारात्मक रूपमा नै अघि बढ्छ भन्नेमा हामी विस्वस्त छौं।

साथै उहाँले विशेषगरी लामिछानेमाथी उठेको सहकारी ठगी प्रकरणमा छानविन गर्न समिति बनाएर जानुपर्छ नै भन्ने हो, सबै सहमत भएकै अवस्था छ,’‘समितिको कार्यादेश के हुने भन्ने बारेमा पनि काम गर्ने कुरा भएको बताउनु भएको छ ।

साथै संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष समेत सहमत भएपछि विगत दुई महिनादेखिको संसद अवरोध हट्ने संकेत देखिएको छ । तर सत्ता पक्षले छानबिन समितिमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको नाम राख्न भने सहजै स्विकार्ने अबस्था भने देखिँदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस