आज:  | Wed, 05, Feb, 2025

आजको मौसम, पाँच प्रदेशमा हावाहुरी चल्ने कोशीमा भने बिहानैदेखि वर्षा भैइरहेको

२ जेष्ठ २०८१, बुधबार ०७:३५ मा प्रकाशित ( ८ महिना अघि) १०७६ पटक पढिएको
नारी बाटिका


काठमाडौं २ जेठ ।

पाँच प्रदेशमा हावाहुरी सहित वर्षाको सम्भावना छ । तर कोशी प्रदेशमा भने आज बिहानैदेखि वर्षा भैइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव पर्दै आएको छ ।

आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । वुधबार दिउँसो पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

यसैगरी कोशी प्रदेशको केही स्थान तथा बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

जल तथा मौसम विभागका अनुसार आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस