आज:  | Thu, 21, Nov, 2024

आज रामनवमी,श्रद्धापूर्वक मर्यादा पुरुष श्रीराम भगवानको पूजा गरेर पर्व मनाइँदै

५ बैशाख २०८१, बुधबार ०७:३० मा प्रकाशित ( ७ महिना अघि) ३३३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ-५ वैशाख ।

आज भगवान रामको जन्मदिन अर्थात रामनवमी पर्व देशभर मनाइँदैछ । आजको दिन हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा आरधना गरी रामनवमी मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीका दिनमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रुी रामचन्द्रको स्मरण गर्दै यस पर्व मनाउने गरिएको हो ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थहरु तथा रामायणमा उल्लेख रहेको छ । आज भक्तालुजनले आफुलाई पायक पर्ने नेपालका विभिन्न नदी, ताल, कुण्डमा गई स्नान गरी,शुद्ध भई व्रत बसेर रामगीता पाठ गर्ने गर्दछन् ।

संस्कृतिविद् रामदयाल राकेशका अनुसार भगवान रामचन्द्रको जन्मदिन भएकाले रामनवमी हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो । विशेष गरी यस दिनको “मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व रहेको छ”, उहाँले भन्नुभयो, “पूजापाठ गर्ने, नदीमा स्नान गर्ने,शद्ध भई पून्य आर्जन गर्र्ने चलन छ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस