आज:  | Tue, 07, Jan, 2025

बेहुलीका माईतीले सिक्री दाईजो दिन नसकेपछी दुलापक्षबाट बिहे मण्डबबाटै नै रद्द गरियो

३० फाल्गुन २०८०, बुधबार ०८:४६ मा प्रकाशित ( १0 महिना अघि) ६७२ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ३० फागुन ।

पर्साको वीरगञ्जमा बेहुलीका माईतीले सिक्री दाईजो दिन नसकेपछी दुलहापक्षबाट बिहे मण्डबबाटै बिहे रद्द गरेका छन् । बिहेअघि नै १५ लाख भन्दा बढीको नगद सहित दाईजो लिई सकेका बिरगञ्ज नगरपालिकामा करार कर्मचारीमा कार्यरत २८ वर्षीय उमेश साहले बिहेको दिनमा सुनको सिक्री नपाउँदा विवाह रद्द गरेका हुन् ।

आफुलाई सुनको सिक्री नदिएको भन्दै वेहुलाले बिहे मण्डव छोडेर हिडेपछी बिहे रद्द गर्ने बेहुला सहित पाँचजनालाई पक्राउ गरेको छ । पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाका अनुसार पक्राउ परेका बेहुलाका बुवा ६० वर्षीय बच्चालाल साह, दाइ द्वय ४२ वर्षीय राकेश कुमार साह, ४० वर्षका मुकेश कुमार साह र बेहुलाका भिनाजु बाराको परवानीपुर गाउँपालिका ५ बस्ने वर्ष ४५ का रामएकवाल साहलाई प्रहरीले पक्राउ गरिएको हो ।

उनीहरुलाई पर्सा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । बेहुला बाराको कलैया नगरपालिका ४ का २८ वर्षीय उमेश साहसहित पाँचजनालाई जिल्ला अदालत पर्साले विवाह कसुरमा दुईदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । उक्त बिबाहमा भएको विवादमा क्रममा पक्राउ परेका बेहुली पक्षका मानिसहरूको नाम भने प्रहीले गोप्य राखेको छ । सम्बन्धित समाचार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%६%१%

प्रतिक्रिया दिनुहोस