आज:  | Tue, 07, Jan, 2025

फैसला विपरीत सहमति गराउने भन्दै सेवाग्राहीसँग घुस लिने प्रहरीलाई अख्तियारद्वारा पक्राउ

२८ फाल्गुन २०८०, सोमबार १७:१९ मा प्रकाशित ( १0 महिना अघि) १२३४ पटक पढिएको
नारी बाटिका


काठमाडौं २८ फागुन ।

अदालतले आदेश जारी गरेको सेवाग्राहीसँग घुस लिइ नियम विपरीत सहमति गराउनको लागी काम गर्ने प्रहरीलाई अख्तियारद्वारा पक्राउ गरिएको छ । नियम विपरीत छलफल गराइदिने भन्दै घुस लिने दुई प्रहरी अख्तियारको फन्दामा परेका हन्।

महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ स्थित गैरी टोलबाट २० हजार रुपैयाँ घुस लिएको रकम सहित प्रहरी चौकी कान्तिबजारका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असई) शर्मा प्रसाद यादव र वरिष्ठ हवल्दार मन्जित कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो।

मुद्धाका सम्वन्धित सेवाग्राहीसँग लिएको घुस वापतको रकम सहित पक्राउ परेका दुवै जनालाई आयोगको बर्दिबास शाखामा राखिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी गराउनु भयो । महोत्तरी जिल्ला अदालतले जग्गा बिवाद सम्बन्धी जारी गरेको आदेश कार्यान्वयन नगर्न छलफल गराइ दिने भन्दै सेवाग्राहीसँग २० हजार घुस लिँदै गर्दा असई यादव र वरिष्ठ हवल्दार झा पक्राउ परेका थिए ।

विद्यालयले ठेक्का दिई भोगचलन गर्न चलन पुर्जी दिएको जग्गा र जग्गामा भएको फलफूलहरू, खेतिपाती उपभोग गर्न कुनै प्रकारको अवरोध सिर्जना गराउने कार्य नगर्नु र नगराउनु भनी महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नको लागि छलफलबाट सहमती गराउने भनी आरोपित प्रहरीले सेवाग्राहीसँग घुस लिएका अख्तियारले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस