आज:  | Sun, 08, Sep, 2024

विद्यालयबाट घर फर्कने क्रममा चितवनबाट हराएका बालक मकवानपुरमा फेला परे

२१ फाल्गुन २०८०, सोमबार ०८:३८ मा प्रकाशित ( ६ महिना अघि) ३६० पाठक संख्या
नारी बाटिका


काठमाडौं २१ फागुन ।

विद्यालयले संन्चालन गरेको ट्युशन कक्षा सकेर घर फर्कने क्रममा बिच बाटै हराएका बालक मकवानपुर जिल्लामा फेला परका छन् । उनी शनिबार चितवनबाट हराएका थिए भने आईबार बालक मकवानपुर जिल्लामा भेटिएका हुन्।

पोखरा महानगरपालिका–१३ घर भएका बालक बराल गत वर्षदेखि चितवनको गीतानगरस्थित आफ्नै ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आएका थिए ।

बालक हराएको भोलिपल्ट मकवानपुरको हडौडा बसपार्कमा फेला परेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनी त्यहाँ कसरी र किन पुगे भन्नेबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

भरतपुर महानगरपालिका– १० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय बालक निकेश बराल विद्यालयबाट घर फर्किने क्रममा हिजोदेखि बेपत्ता भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस