आज:  | Tue, 24, Dec, 2024

दूधको भुक्तानी नपाएकोले किसानीहरु राजमार्ग बन्द गरी आन्दोलन

१७ फाल्गुन २०८०, बिहीबार १५:५९ मा प्रकाशित ( ९ महिना अघि) ७६६ पटक पढिएको
नारी बाटिका


रौतहट १७ फागुन ।

रौतहटका किसानीहरुले दूधको बेचेको पैसा नपाएपछि आन्दोलनमा उत्रिएका छन्। सात महिनासम्म आफुले दूध बेचेको भुक्तानी लामो समय सम्म नपाएपछि बिहीबार रौतहटस्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा चक्काजाम गरेर विरोध प्रदर्शन गरेका हुन् ।

चन्द्रनिगाहापुर रौतहटका दूध उत्पादक किसानहरूले बिहीबार दुई घण्टा चक्काजाम गरेका थिए । नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले गत भदौको दोस्रो सातादेखी दुधको पैसा भुक्तानी दिएको छैन । किसानीले पाउनु पर्ने फागुन १५ गते सम्मको कुल साढे ५ करोड रुपैयाँ तिर्न बाँकी रहेको जनाएका छन् ।

यस्तै विभिन्न निजी डेरीहरूले रौतहटका किसानबाट लगेको दूधको ३ करोड रुपैयाँ भैसक्दा पनि दुधको पैसा नदिएका जनाएका छन् । किसानीहरुले समयमा दूधको पैसा नपाएपछि रौतहटका दूध उत्पादक किसानहरूले आन्दोलित बनेका हुन् ।

उनीहरूले गरेको चक्काजामका कारण पूर्वपश्चिम राजमार्गमा चल्ने यात्रुवाहक तथा मालवाहक सवारी साधन मर्कामा परेका थिए । उक्त सडक हुंदै चल्ने सवारी साधनहरु दुई घण्टासम्म बिच बाटोमा रोकेर अलपत्र अवस्थामा बस्नुपरेको सवारी चालकहरुले बताएका छन् ।

दुग्ध उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार रौतहटका दूध उत्पादक किसानहरूले गत फागुन १४ गते जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका थिए ।

सम्बन्धित निकायबाट पनि यसको सुनुवाइ नभएपछि किसानहरूले आज पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहापुरमा २ घण्टा चक्काजाम गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताएका हुन् । नेपाल सरकार अन्र्रगतको डिडिसी संगै उक्त क्षेत्रमा उत्पादन भएको दूध हेटौंडाका डिसी लगायत निजी डेरीले लाने गरेका छन् ।

दूध बेचेको पैसा समयमा डेरीहरूले भुक्तानी नगरेका कारण रौतहटमा दूध उत्पादनमा सक्रिय किसानले पशुलाई दाना खुवाउने पैसा समेत नभएको गुनासो किसानको रहेको छ।

विगत ७ महिनादेखि दूध विक्री गरेको पैसा नपाएपछि व्यावसायिक रुपमा पशुपालनमा लागेका किसानलाई घर चलाउन समस्या भएपछि आन्दोलन गर्न बाध्य भएको किसानहरूको भनाइ रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%४%

प्रतिक्रिया दिनुहोस