आज:  | Tue, 07, Jan, 2025

धादिङको पृथ्वी राजमार्गबाट ठुलो परिमाणमा लागू औषध गाँजा,मिनीट्रक र चालक पक्राउ ‍

१५ फाल्गुन २०८०, मंगलवार १६:०२ मा प्रकाशित ( १0 महिना अघि) ९७२ पटक पढिएको
नारी बाटिका


धादिङ – १५ फागुन ।

धादिङको पृथ्वी राजमार्गबाट ठुलो परिमाणमा लागू औषध गाँजा,मिनीट्रक र चालक सहित प्रहरीले नियन्त्रण ‍लिएको छ । आज बिहान अन्दाजी ३ः४५ बजेको समयमा धादिङ जिल्लाको पृथ्वी राजमार्गबाट ठुलो परिमाणको लागू औषध गाँजा मिनीट्रकमा लोड भई पूर्वबाट पश्चिाम तर्फ लैजादै गरेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीलाई लागू औषधको ओसार पसार भैरहेको भन्ने विशेष सुचना प्राप्त भएपछी जिल्ला प्रहरी कार्यालयबाट प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार के.सी.को कमाण्डमा खटिएको प्रहरीको टोलीले सूचनाको विश्लेषण गरी धादिङको गजुरी गाउँपालिका वडा नं.२ बिहानी पेट्रोल पम्प स्थित पृथ्वी राजमार्गमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मिनिट्रक सहित चालकलाई प्रक्राउ गरिएको थियो । 

काठमाण्डौबाट सर्लाही तर्फ जाँदै गरेको मधेश प्रदेश ०३(००१ ख ८३०९ नम्बरको मिनिट्रकमा कवाडी जन्य सामानहरुले छोपी चाउचाउ र विस्कुटको खोल टासेर कुल तौल ६२०.४४ के.जी.( छ सय वीस के.जी. चौवालिस ग्राम) भएको लागू औषध गाँजा ४५ (पैतालिस) प्याकेट फेला पारी रीत पूर्वक बरामद गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एव्ं प्रहरी उपरिक्षक गौतम कुमार केसीले जानकारी दिनु भयो ।   

पक्राउ पर्नेमा मिनिट्रक चालक सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नं.७ वस्ने वर्ष ३० का सन्तोष कुमार साहलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक केसीले बताउनु भयो ।   

मंगलबार जिल्ला प्रहरी कार्यलयमा धादिङमा पत्रकार संम्मेलन गरी बरामद दशी प्रतिवादीले बिक्री प्रयोजनको लागि विदेशी बजारमा लैजादै गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रमुख केसीले जानकारी दिनु भएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%३%१%

प्रतिक्रिया दिनुहोस