आज:  | Tue, 07, Jan, 2025

धादिङको बेनिघाट रोराङमा लगाइएको अफिम खेती प्रहरीदरा नष्ट , साथमा तस्वीर

१५ फाल्गुन २०८०, मंगलवार ०९:१४ मा प्रकाशित ( १0 महिना अघि) ७७० पटक पढिएको
नारी बाटिका


धादिङ,१४ फागुन ।

धादिङको बेनिघाट रोराङमा लगाइएको अवैध अफिम खेती नष्ट गरिएको छ ।  नेपालको कानुनले बर्जित गरिएको अफिम खेती गरेको पाइएपछी जिल्ला प्रहरी कार्यलय  धादिङबाट खटिएका सयुक्त टोलिले फडानी गरेका थिए ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १ बासखर्क‚ सिमटार‚ जरुङ‚ सुन्दरनागी‚थामभञ्ज्याङ‚ लामाटार‚ ब्रुम्दी लगायतका किसानीहरुले अटेर गरी  खेती लगाईएपछी प्रहरीले नष्ट गरेको हो ।

लागुऔषध संग सम्वन्धित रहेको गाँजा तथा अफिम खेति गर्न,बिक्री बितरण गर्न कानुन्ले बर्जित गरेको छ । सोही अनुसार नेपाल प्रहरी धादिङले अवैध रुपमा लागु औषध अफिमको व्याड‚ बेर्ना खेति फडानि तथा नष्ट गरेको हो ।

आइतबार जिल्ला प्रहरी कार्यालय धादिङ र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको ८५ जना प्रहरीको टोलिले अवैध लागु औषध अफिमको व्याड‚ बेर्ना खेति फडानि तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

तर धादिङ जिल्लाका दक्षिणी भेगमा यसअघि पनि यसैगरी प्रहरीले पटक पटक यस खेतीको फडानी तथा नष्ट गर्दै आएको भएता पनि उक्त क्षेत्रका किसानी तथा व्यपारीहरुले यस खेती गर्न छाडेका छैनन्  ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस