आज:  | Sun, 08, Sep, 2024

काठमाडौं बानेश्वरको मध्य सडक भासिएर यात्रुवाहक बस फस्यो

१२ माघ २०८०, शुक्रबार १३:१२ मा प्रकाशित ( ७ महिना अघि) ४५८ पाठक संख्या
नारी बाटिका


काठमाडौं १२ माघ ।

आज काठमाडौं बानेश्वरको बिच भागमै सडक भासिएर यात्रुबाहक बस फसेको छ । नयाँ बानेश्वर स्थित हाइवे सडक भासिएर यात्रुबाहक बस फसेको हो। बानेश्वर चोक नजिकै एभरेष्ट बैंक अगाडिको सडकमा भक्तपुरबाट आउँदै गरेको बा३ख ३७६२ नम्बरको बस गुडिरहेको अबस्थामा भासिएको थियो।

गुडिरहेको बस एक्कासि मूल सडकमै भासिएपछि एका तर्फका चक्का फसेर बस नै कोल्टे परेको छ। बस फसेर कोल्टिने बित्तिकै बसमा सवार सम्पूर्ण यात्रु र चालक सकुशल निस्किन सफल भएका थिए।

उक्त घटना भए लगत्तै नजिकै रहेका ट्राफिक प्रहरीले बसलाई त्याहाँबाट निकाल्न खोजे पनि बस भने निकाल्न सकिएको छैन । हाल थप दुर्घटना नहोस् भनी ट्राफिक प्रहरीले उक्त बस फसेको क्षेत्रलाई सडकबारले छेकेको छ।

बानेश्वर क्षेत्रको सडकमा विभिन्न समयमा सडक भासिएर दुर्घटना हुने गरेको छ। यसअघि पनि सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो भ्वाङ परेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%५%२%

प्रतिक्रिया दिनुहोस