आज:  | Tue, 07, Jan, 2025

सुस्त मनस्थितिकी युवतीलाई जबर्जजस्ती करणी गरी गर्भवती बनाएर फरार भएका युवा कतारबाट पक्राउ

२८ पुष २०८०, शनिबार १३:४२ मा प्रकाशित ( १२ महिना अघि) १७३६ पटक पढिएको
नारी बाटिका


खोटाङ २८ पुस ।

सुस्त मनस्थितिकी युवतीलाई जबर्जजस्ती करणी गरी गर्भवती बनाएर फरार भई कतार पुगेका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित कातिकेका २२ वर्षीय किरण राईलाई नेपाल प्रहरीले कतारबाट पक्राउ गरेको हो । शारीरिक रुपमा सुस्त मनोस्थितिकी भएकी युवतीलाई किरण राईले २०७९ चैत–१६ गते करणी गरेर गत वैशाख–४ गते फरार भई कतार पुगेका थिए ।

आरोपित राईलाई प्रहरीले कतारस्थित अलरवाबी कम्पनीको मार्केट काउण्टरमा सामान प्याकिङको काम गरिरहेको अवस्थामा पक्राउ गरेको हो । सुस्त मनस्थितिकी पीडितका आफन्तले गत असोज–१५ गते दिएको किटानी जाहेरीको आधारमा बीदोहा कतारको समन्वयमा फरार प्रतिवादी किरणलाई पक्राउ गरेर खोटाङ जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।

राईले निज युवतीलाई ‘जबर्जस्ती करणी गरी वैदेशिक रोजगारीमा जाने बहानामा भागेर कतार पुगेका थिए । राईलाई नौँ महिनापछि यही पुस–२५ गते कतार एअरलाईन्सको उडान नम्बर क्यूआर ६४४ बाट नेपाल ल्याइएको हो । उनले आफ्नो अपराध स्वीकार गरिसकेका छन्’, राई, ‘अहिले प्रहरी हिरासतमा रहेका छन् । किरण विरुद्ध चार महिनाअघि जबर्जस्ती करणी महल अन्तरगत मुद्दा दर्ता भएको थियो । अब कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले बताएको छ ।’

राईलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । प्रतिवादी किरणलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले बिहीबार दिक्तेल ल्याएर जिल्ला अदालत खोटाङबाट बिहीबारनै दश दिनको म्याद थपगरी अनुसन्धान सुरु गरेको छ ।

हलेसी (क) नाम दिइएको सुस्त मनोस्थितिकी युवतीको शारीरिक रुप परिवर्तन हुँदै गएपछि प्रतिवादी किरणले करणी गरेर गर्भवती बनाएको खुलेको प्रहरीले जनाएको छ । सुस्त मनिस्थिति, नाबालिका तथा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई जबर्जस्ती करणी गरेको व्यक्तिमाथि चलाइने मुद्दामा दोषी ठहरिएका व्यक्तिलाई जन्मकैदसँगै आवश्यक जरिवाना र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने कानूनी व्यवस्था छ । आरोपित किरणलाई दुवै सजायँ हुने सम्भावना रहेको कानून व्यवसायीहरुले बताएका छन् ।

जबरजस्ती करणीपछि गर्भवती बनेकी युवतीले केही समयअघि बच्चा जन्माइसकेकी छन् । उनिमाथि जबरजस्ती करणी भएको खुलेपछि आफन्तले प्रहरीलाई फस्ट इन्फरमेसन रिपोर्ट (एफआइआर) दर्ता गराएका थिए । एफआइआर लगत्तै जिल्ला प्रहरी कार्यालयको समन्वयमा एक संस्थाको सहयोगमा पीडितलाई काठमाडौंको एउटा संस्थामा लगिएको थियो । संस्थामा राखिएकै अवस्थामा पीडित युवतीले बच्चा जन्माएकी हुन् ।

पीडित सुत्केरी अहिले बच्चा सहित उक्त संस्थामै बसेकी छन् । एफआरआइ दर्ता गराएकोबेला पीडित युवती २७ हप्ता चार दिनकी गर्भवती रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले इन्टरपोल मार्फत प्रतिवादी पक्राउ गरेको जिल्लामा यो पहिलो घटना भएको जनाएको छ ।

अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ अभियानमा जुटेको जिल्ला प्रहरी कार्यालय खोटाङले पछिल्लो छ महिनामा ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ । अदालतबाट दोषी ठहर भएका बाहेक चालु मुद्दाको न्याय सम्पादनमा समेत प्रहरीको सक्रियता प्रभावकारी रहेको स्थानियले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस