आज:  | Wed, 25, Dec, 2024

तीन सातासम्म नारायणगढ–मुग्लिन सडक बन्द हुँदै

२६ पुष २०८०, बिहीबार ०६:५९ मा प्रकाशित ( ११ महिना अघि) १०५७ पटक पढिएको
नारी बाटिका


चितवन, २६ पुस ।

तीन सातासम्म नारायणगढ–मुग्लिन सडक बन्द हुँदै छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएकोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः तीन साता सम्म थप दिउँसोको समयमा सडक बन्द हुने भएको हो ।

उक्त सडक खण्डमा पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरी काम हुदै आएको छ । ढिस्को भत्काउने काम नसकिएकोले निर्माण कम्पनीले थप एक महिनाको समय माग गरेको थियो । तर उक्त सडकखण्डमा सवारी साधनको चाप बढी हुने भएकोले तीन साताका लागि मात्र सडक बन्द गर्न प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार बिहीबार सुरक्षा समितिको बैठकमा थप तीन साता सडक बन्द गरेर काम गर्ने अनुमति दिने निर्णय भएको बताउनु भयो । ढिस्को विस्फोट गरेर भत्काउने तयारी गरिएको थियो । विस्फोट गर्दा त्यहाँ पुलसमेत जोखिममा पर्ने भएकाले अन्तिम प्रयासका रुपमा भत्काउन आग्रह गरेअनुरुप काम भइरहेको उहाँले जानकारी दिनु भयो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार हालसम्म १४ मिटर ढिस्को भत्काइ सकिएको छ । तर सो स्थानमा रहेको ठुलौ ढिस्कोको कारणले भत्काउन समय लागेकोले पनि थप तिनसाता सडक बन्द गर्ने म्याद थप गर्न लागिएको जनाईएको छ ।

त्यस ठाउँको ढिस्को ६० मिटर हाराहारीको अग्लो छ। गत साल २५ मिटर तल झारिएको थियो । बाँकी ३५ मिटर मध्ये आधा ढिस्को शनिबारसम्म भत्काइसक्ने अनुमान गरिएको छ । गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउने काम भईरहेको छ ।

२०७६ चैत १० गतेबाट पुल निर्माणको काम थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । उक्त निर्माणका लागी अनक कन्स्ट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैङ्क (एडिबी)को सहयोगमा एसियन मापदण्ड अनुसार बनाइएको हो । निर्माधिन पुल ११ मिटर चौडा छन् ।

हाल उक्त क्षेत्रको सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा संन्चालित यस सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजार भन्दा बढी सवारी साधनहरु गुड्ने गर्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%३%१%

प्रतिक्रिया दिनुहोस