आज:  | Wed, 25, Dec, 2024

आज तराईका अधिकांश भू–भागमा हुस्सु, उच्च पहाडमा हिमपात हुने

२४ पुष २०८०, मंगलवार ०६:५८ मा प्रकाशित ( ११ महिना अघि) ७७१ पटक पढिएको
नारी बाटिका


काठमाडौं २४ पुस ।
आज तराईका अधिकांश भू–भागमा हुस्सु, र उच्च पहाडी भागमा हिमपात हुनेछ । उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागी रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा नै रहनेछ।

आज राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस