आज:  | Wed, 25, Dec, 2024

रेडियो धादिङको १६ औं साधारणसभा सम्पन्न,,रेडियोको प्रशारणलाई परिमार्जन गर्न सुझाब

२२ पुष २०८०, आईतवार ०८:०९ मा प्रकाशित ( ११ महिना अघि) १२५५ पटक पढिएको
नारी बाटिका


भगवती बिबियु

धादिङ २२ पुस ।

ग्रामिण संन्चार सहकारी संस्थाद्वारा संन्चालित जिल्लाको पहिलो सामुदायिक रेडियो धादिङको १६ औं साधारणसभा सम्पन्न,,भएको छ । १६ वर्ष अगाडी धादिङ जिल्लाबाट प्रशारण गर्नका लागी स्थापना भएको ग्रामिण संन्चार सहकारी संस्थाको वार्षिक साधारणसभाको अबसरमा सहभागी भएका वत्ताहरुले कार्यक्रममा संवोधन गर्दै रेडियोको प्रशारण क्षमतालाई परिमार्जन गरी समयसापेक्ष बनाउन सुझाब दिएका छन् ।

रेडियो धादिङ १०६ मेगाहर्ज शनिबारबाट १७ औं वर्षमा प्रवेश गरेको छ । २०६४ साल पौष २१ गतेबाट औपचारिक रुपमा प्रशारण सुरु गरेको रेडियो धादिङले १६ औं वसन्त पार गर्दै शनिबारबाट १७ औं वर्षमा प्रवेश गरेको हो ।

समुदायको लागि समुदायको आवाज भन्ने नारा लिएर जिल्लामा संन्चालित रेडियो धादिङ, विविध जाति तथा समुदायको भाषा, कला र संस्कृतिको संरक्षणमा निरन्तर अगाडी बढिरहेको भएतापनि रेडियोमा कार्यरत कर्मचारीहरुको सिप र क्षमता बिकास गर्दै समयसापेक्ष हुन नसकेको भन्ने सहभागीहरुबाट गुनासो आएको थियो।

नेपालमै पहिलो पटक चेपाङ भाषाको समाचार तथा कार्यक्रम सुरु गरेको यस रेडियोले अहिले चेपाङ भाषा सहित तामाङ र नेपाली भाषामा समाचार तथा कार्यक्रमहरु प्रशारण गर्दै आएको छ । तर पनि पछिल्लो समयमा जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकाका जनप्रतिनिधीहरुबिच समन्वय र सहकार्य गर्न नसकेको भन्ने गुनासो आएको थियो ।

वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न गर्दै रेडियो सञ्चालक समितिका पदाधिकारीहरुले रेडियोको प्रशारणलाई समयसापेक्ष परिमार्जन गर्दै लैजाने जनाएका छन् । रेडियो धादिङ सञ्चालन गर्दै आएको ग्रामिण सञ्चार सहकारी संस्था लिमिटेडका पुर्व स्टेशन म्यानेजर तथा हालका अध्यक्ष सुवास खतिवडाले आगामी दिनमा रेडियोको समाचार तथा कार्यक्रमहरु परिमार्जन गर्दै लैजाले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

यसैगरी रेडियोको प्रशारण क्षमतालाई सामाजिक सञ्जालहरुसँग जोडेर सामाग्री प्रशारण गर्न कार्यक्रममा सहभागीहरुले सुझाव दिएका छन् । आधुनिकता सँगै गाउँगाउँमा पनि सामाजिक सञ्जालको पहुँच बढ्दै गएकोले रेडियोको सामाग्री सामाजिक सञ्जाल मार्फत आमनागरिक माझ पु¥याउनु पर्ने सहभागीहरुले सुझाब दिएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%९%१%२%

प्रतिक्रिया दिनुहोस