आज:  | Thu, 19, Sep, 2024

आगमी राष्ट्रियसभा निर्वाचनका सम्वन्धमा गठवन्धन दलहरुका शीर्ष नेताहरुबीच छलफल

१८ पुष २०८०, बुधबार ०९:०३ मा प्रकाशित ( ८ महिना अघि) ३१४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १८ पुस ।

आगामी माघ ११ गते हन गैरहेको राष्ट्रियसभा निर्वाचनका सम्वन्धमा मंगलबार गठवन्धन दलहरुका शीर्ष नेताहरुबीच छलफल भएको छ । छलफलमा नेपाली कांग्रेस र नेकपा (एकीकृत माओवादी)का नेताबीच आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा,लगायतका नेताहरुबीच राष्ट्रियसभा सदस्य निर्वाचनमा समेत गठबन्धन बारे छलफल भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचन तथा समसामयिक लगायतका विषयमा पहिलो चरणमा गठबन्धनका दुई दलबीच छलफल गरी सकेपछी गठबन्धनका अन्य दलसँग पनि छलफल हुने उहाँले बताउनु भयो ।

छलफलमा कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक लेखक र माओवादीका तर्फबाट वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेताहरूको सहभागी रहेको थियो । राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस