आज:  | Thu, 19, Sep, 2024

आगामी राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

१२ पुष २०८०, बिहीबार १४:०८ मा प्रकाशित ( ८ महिना अघि) ३०० पाठक संख्या
नारी बाटिका


काठमाडौं १२ पुस ।

निर्बाचन आयोगले आगामी माघ ११ मा हुन गैरहेको राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सम्वन्धित जिल्लाका न्यायाधीशहरूलाई पुस १६ गतेदेखि लागू हुनेगरी नियुक्त गरेको हो ।

नियुक्त गरिएकाहरु कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गा प्रसाद ढुंगेल, मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद सुवेदी, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्की, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोलालाई नियुक्ती गरेको छ ।

यसैगरी लुम्बिनी प्रदेशका लागि जिल्ला अदालत दाङका न्यायाधीश कृपाशुर कार्की, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याललाई नियुक्त गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनु भयो।

बिहिबार नियुक्त हुनु भएका न्यायधिश तथा निर्वाचन अधिकृतहरूले पुस १६ मा सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नु पर्ने कार्यतालिका रहेको छ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस