आज:  | Thu, 19, Sep, 2024

काँग्रेसका उपसभापती एव् कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ग धादिङ पार्टीका नेता तथा कार्यकर्ताबिच भेटघट

२ पुष २०८०, सोमबार १८:५४ मा प्रकाशित ( ९ महिना अघि) ३४९ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु
नारी वाटिका संवादवाता

धादिङ २ पुस ।

नेपाली काँग्रेसका पार्टी उपसभापती एव् कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले धादिङका नेता तथा कार्यकर्ताहरु संग भेटघाट गर्नु भएको छ । उहाँ धादिङको ज्वालामुखी गाउँपालिकामा शनिबारदेखी सुरु भएको पालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको  रुपमा शोमबार धादिङबेशी आउनु भएको हो ।

नेता तथा कार्यकर्ताबिचको कुराकानी क्रममा उहाँले अहिलेको सरकारले काम गर्न सकेन भन्ने कुरामा सत्तेता नभएको बताउनु भएको छ । नेता गुरुङ्गले  धादिङ जिल्लाका  नेपाली काँग्रेसका पार्टी नेता तथा जिल्ला कार्यकर्ताहरुबिच भेटघाट गर्नु भएको थियो ।

नेपाली काँग्रेस धादिङ स्तिथ विपी स्मृती भवन पार्टी कार्यलयमा भएको भेटघाट  कार्यक्रमको अवशरमा  यो कुरा बताउनु भएको हो ।

कानून न्याय तथा संसदीय मामिला मन्त्रि तथा उपसभापति गुरुङ भेटघाटका क्रममा वर्तमान सरकारले मुलुकमा राम्रो काम गर्न सकेन भन्ने कुरा केबल जनतामा भम मात्रै छर्न खोजिएको बताउन भएको हो । यसैगरी यतिबेला मुलुकको अर्थतन्त्रमा पनि क्रमिक सुधार हुंदै गएको बताउनु भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस