आज:  | Sun, 24, Nov, 2024

मानव अधिकारको सम्वद्र्धनबाट मात्रै शासन प्रणाली बलियो बनाउनमा राष्ट्रपति पौडेलको जोड

२४ मंसिर २०८०, आईतवार १६:४६ मा प्रकाशित ( ११ महिना अघि) २६४ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

नारी वाडिका डट् कम संवाददाता

काठमाडौँ २४ मंसिर।

राष्ट्रपति रामचन्द्र पौडेलको मानव अधिकारको सम्वद्र्धनबाट मात्रै शासन प्रणाली बलियो बनाउनमा जोड रहेको छ । राष्ट्रपति पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन भएमा मात्र बहुदलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउनु भएको हो ।

आज ७५औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस डिसेम्बर १० को अवसरमा शुभकामना दिनु हुदै उहाँले कानुनी राज्यको भरपर्दो व्यवस्थासँगै मानवअधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक बञ्चित हुनुनपर्ने बताउनु भयो ।

सङ्घ, प्रदेश, स्थानीय तह र सामाजिक सङ्घसंस्था, सञ्चार माध्यम तथा निजी क्षेत्रको सक्रियताबाट लैङ्गिक समानता र सामाजिक समावेशीकरणले नसमेटिएका समुदायको हकअधिकार, स्वतन्त्रता र न्यायको अनुभूति हुन सकेमा मात्र मानवअधिकार दिवसले सार्थकता पाउने बताउनु भयो ।

त्यस्तै व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानवअधिकारको महत्त्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले विश्वमा न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्न राष्ट्रको ध्यान केन्द्रित भइरहेको बताउनु भएको छ ।

नेपालले पनि संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनुपर्नेमा जोड दिनु भयो । उहाँले सबै पक्ष र निकायलाई मानवअधिकारको मर्म तथा भावना आत्मसात् गर्ने प्रेरणा देओस् भनी कामना समेत गर्नु भएको छ ।

डिसेम्वर १० मानवअधिकारको विश्वव्यापी घोषणापत्र संयुक्त राष्ट्रसङ्घको महासभाबाट जारी भएको उक्त दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वभर यस दिवस मनाउने गरिन्छ । यस वर्ष ‘भविष्यमा मानवअधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ’ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँएको छ ।

नेपालको संविधानले मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख भएका विषय अवलम्बन गरी यसको विस्तार र विकास गर्न योगदान पु¥याएको राष्ट्रपति पौडेलको भनाइ थियो ।

“हाम्रो देश मानवअधिकार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्र भएकाले मानवअधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन र परिपूर्ति सम्बन्धी दायित्व प्रति सदैव प्रतिबद्ध एवं संवेदनशील रहि आएको छ”, उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ, “फलस्वरुप नेपाल संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यका रूपमा समेत निर्वाचित भएको छ ।”

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस