आज:  | Sun, 08, Sep, 2024

एक वर्षमा देशभरमा २० हजार ८८० लैङ्गिक हिंसाका घटना दर्ता

१० मंसिर २०८०, आईतवार २०:३३ मा प्रकाशित ( ९ महिना अघि) ३२७ पाठक संख्या
नारी बाटिका


काठमाडौं,१० मंसिर ।

यस वर्षमा मात्रै देशभरमा २० हजार ८८० लैङ्गिक हिंसाका घटना दर्ता भएका छन् । यो तथ्याङ भने प्रहरीमा दर्ता हुन आएका घटनाको मात्र हुन् । पछिल्लो समयमा स्थानिय सरकारको नगर तथा गाउँपालिकामा उप प्रमुखको संयोजत्वमा तिन सदस्य रहने गरि न्यायिक समितीमा आएका घटनाहरुको खासै रेकर्ड सार्वजनिक भएको पाईदैन । हाम्रो समाजमा कयौं घटनाहरु छन् अझै पनि प्रहरी समक्ष आउन सकेको छैनन् । त्येसैले प्रहरीमा नआउने घटना अझै कति छन्  भनेर बाहिर आउन सकेको पाइदैन ।

आर्थिक वर्ष २०७९र८० मा सो सङ्ख्यामा लैङ्गिक हिंसास म्बन्धी उजुरी परेको र मुद्दा दर्ता भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार समग्र लैङ्गिक हिंसा अपराधमा घरेलु हिंसाको उजुरी मात्रै ८० प्रतिशत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक वर्षको अवधिमा घरेलु हिंसाका १६ हजार ५१९,,जबरजस्ती करणीका दुई हजार ३८७,जबरजस्ती करणी उद्योगका ५१८, अपहरण तथा जबरजस्ती करणीका ५९,जबरजस्ती करणी गरी कर्तव्य ज्यानका पाँच,मानव बेचबिखन तथा जबरजस्ती करणीका १० वटा घटना भएका छन् ।

त्यसै गरी बालयौन दुव्र्यवहारका ३४३,अप्राकृतिक मैथुनका ३५, बहुविवाहका ७२३,बालविवाहका ५२,बोक्सी आरोपका ४३,मानव बेचबिखनका १२४,अवैध गर्भपतनका ३२,तेजाब प्रहारका तीन र जातीय छुवाछुतका २७ वटा घटना प्रहरी समक्ष आएर प्रहरीले मुद्दा दर्ता गरेको घटनाको रेकर्ड नेपाल प्रहरीले सावैजनिक गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस