आज:  | Fri, 22, Nov, 2024

धादिङको कृष्णभिर त्रिशूली नदी किनारको खोचमा कलाकार प्रकाश ढकाल मृत भेटिए

५ मंसिर २०८०, मंगलवार ०७:३६ मा प्रकाशित ( १ साल अघि) ४६५ पाठक संख्या
नारी बाटिका


भगवती BBU
नारी वाटिका संवाददाता

धादिङ,५ मंसिर ।
कलाकार तथा संन्चारकर्मी प्रकाश ढकाल धादिङको कृष्णभिरमा मृत अबस्थामा भेटिएका छन् । आईतबार ढकालको शब धादिङको कृष्णभिरको खोचमा मृत अबस्थामा भेटिएको हो छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव आइतबार साँझ ५ बजेतिर फेला परेको थियो । त्रिशूली नदी किनारको खोचमा ढकालको शव फेला परेको हो ।

स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ घर भएका ढकाल काठमाडौंमा बस्दै आएका थिए । उनी स्याङ्जाबाट गत शुक्रबार काठमाडौं तर्फ जानको लागी हिडेका थिए।

आइतबार धादिङ जिल्लाको त्रिशूली नदीमा र्‍याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । खोचबाट मृतक ढकालको शव सोमबार बाहिर निकालिएको थियो ।

‘शवको सनाखत गरियो, परिवारका सदस्यहरू पनि आइसक्नु भएको छ। घटना कसरी घट्यो भन्नेबारे अनुसन्धान भइरहेको । साथै मृतक ढकालको मोबाइल पनि साथैमा रहेको र उनको निधारमा चोट देखिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रमुख एव्ं उपरिक्षक गौतम मिश्रले जानकारी दिनु भएको छ ।,

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस