आज:  | Fri, 22, Nov, 2024

ट्राफिक नियम उल्लङ्घन गर्ने एक साताभित्र बाह्र हजार भन्दा बढी चालकलाई कारबाही

१६ कार्तिक २०८०, बिहीबार १३:३३ मा प्रकाशित ( १ साल अघि) ३८७ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती
नारी वाटिका संवाददाता

काठमाडौं,१६ कात्तिक ।

ट्राफिक प्रहरी काठमाडौंले नियम उल्लङ्घन गर्ने बाह्र हजार  भन्दा बढी चालकलाई कारबाही गरेको छ । पछिल्लो समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तीव्र पारिएको छ ।

लगभग दैनिक जस्तो २२ सयको हाराहारीमा ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध कारवाहीमा पर्ने गरेका छन् ।

काठमाडौँ ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक तथा उपत्यका ट्राफिक प्रहरी प्रवत्ता  राजेन्द्र प्रसाद भट्टले उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरका तीनै जिल्लामा प्रहरी टोली परिचालन गरी कारबाही अभियान चलाइएको बताउनु भयो ।

भट्टका अनुसार एक साताभित्र उपत्यकामा गुड्ने विभिन्न १२ हजार भन्दा बढी सवारी साधनका चालकहरु माथि कारबाही गरिएको बताउनु भयो ।

चाडवाडका समयमा नियम उल्लङ्घन गरेर जथाभावी सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले कारबाही तीव्र पारिएको उहाख्ले बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस