आज:  | Fri, 22, Nov, 2024

कर्तव्य ज्यान मुद्धाका प्रतिवादी पुर्पक्षको लागि कारागार चलान

१३ कार्तिक २०८०, सोमबार १४:४६ मा प्रकाशित ( १ साल अघि) ३३५ पाठक संख्या
नारी बाटिका


धादिङ,१३ कात्तिक ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं.४मा भएको कर्तव्य ज्यान मुद्धाका प्रतिवादी पुर्पक्षको लागि कारागार चलान भएका छन् । गएको असोज १२ गते दिउँसो अं.४बजेको समयमा हजारे स्थित मा सोही स्थान वस्ने वर्ष(७० की सुकमाया गुरुङको मृत शव फेला परेको भन्ने जानकारी प्रहरीलाई आएको थियो ।

सुचना प्राप्त भए पश्चात प्रहरी चौकी टोड्के धादिङबाट घटनास्थल सुरक्षाटोली र यस कार्यालयबाट सिनियर प्रहरी अधिकृत समेतको अनुसन्धान टोली खटिई गई घटनास्थल लाशजाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरी मृतकको शवलाई पोष्टमाटर्मको लागि जिल्ला अस्पताल धादिङ पठाईएको थियो ।

सुकुमायाको शवको प्रकृति अनुसार मृतकको टाउको, घुच्चुक, बाँया गाला, अनुहारको वायाँ भाग र गर्धनको वायाँ भाग समेतमा पटक पटक धारिलो हरियार प्रहार गरी निर्ममता पुर्वक हत्या गरेको देखिएको थियो । उक्त घटनाको सम्वन्धमा सुक्ष्म रुपले अनुसन्धान गर्दा वारदातमा सोही ठाउँ वस्ने वर्ष ३५ का मंगल गुरुङको संलग्नता रहेको घटनाको रहस्य खुलेको थियो ।

शंकित मंगल गुरुङलाई खोजतलास गर्ने क्रममा मिति २०८०।०६।१३ गते रातीको अं. २ बजेको समयमा धादिङ जिल्लाकै नेत्रावती डब्जोङ गाँउपालिका वडा नं.४ हजारे स्थित निजको घरबाट केहीपर रहेको गोठमा लुकीछिपी वसेको अवस्थामा फेला पारी पक्राउ परेका थिए ।

उक्त ब्यक्तीलाई सोधपुछ गर्दा निजले धारिलो हतियार खुर्पा प्रहरा गरी सुकमायाँ गुरुङलाई कर्तव्य गरी मारेको स्विकार गरेको हो । साथै उक्त घटनामा प्रयोग भएको धारिलो हरियार फलामको खुर्पा शंकित कै घर अगाडि आँगन छेउमा रहेको कुखुराको खोरबाट बरामद गरिएको हो ।

अभियुक्तको ढाड कुप्रो रहेकोले मृतकले नै वोक्सी लगाई ढाड कुप्रो वनाईदिएको र पटकरपटक मृतकको गाई वाख्राले अभियुक्तको अन्नवाली खाएको, घटनाको दिन समेत मृतकको गाई वाख्राले अभियुक्तको अन्नवाली (कोदो)खाई क्षति गरिदिएकोमा मृतकसँग वाद विवाद भई मृतक सुकमायाँ गुरुङलाई फलामको खुर्पा प्रहार गरी कर्तव्य गरी मारेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धान कार्य सम्पन्न गरी सक्कल मिसिल कागजातहरु सहित पक्राउ प्रतिवादी मंगल गुरुङलाई जिल्ला सरकारी वकील कार्यालय धादिङ मार्फत सम्मानित धादिङ जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित धादिङ जिल्ला अदालतको मिति २०८०।०७।१२ गतेको थुनछेक आदेशले निज प्रतिवादीलाई पुर्पक्षको लागि कारागार कार्यालय धादिङमा पठाइएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस