आज:  | Fri, 22, Nov, 2024

धादिङको निलकण्ठ नगरपालिका १२ मा मापसे सेवन गरी धारिलो हतियार प्रहार गर्दा १ जना घाईते

३ कार्तिक २०८०, शुक्रबार १४:२५ मा प्रकाशित ( १ साल अघि) ६४० पाठक संख्या
नारी बाटिका


धादिङ,३ कात्तिक ।

धादिङको निलकण्ठ नगरपालिका १२ दामगाडेमा मापसे सेवन गरी धारिलो हतियार प्रहार गर्दा १ जना घाईते भएका छन् । विहिबार बेलुकी अं.९ बजेको समयमा धादिङ निलकण्ठ निलकण्ठ नगरपालिका १२ दामगाडे बस्ने तथा ज्याला मजदुरीको काम गर्ने २ जनाबिच सामान्य विबाद हुंदा छुरा प्रहार गर्दा १ जना घाईते भएका हुन् ।

घाईते हुनेमा धादिङ जिल्ला खनियाबास गाउँपालिका ३ बस्ने बर्ष ४४ को मापसे सेवन गरेका राम बहादुर तामाङलाई ऐ.गंगाजमुना गाउँपालिका ४ बस्ने वर्ष ४१ को पुर्ण बहादुर गुरुङ पनि मापसे सेवन गरेकाबिच आपसी बादबिबाद हुंदा राम बहादुर तामाङलाई धारिलो हतियार (चक्कु) प्रहार गरेका थिए ।

घाईते भएका राम बहादुर तामाङलाई उपचारको लागि धादिङ अस्पताल ल्याईएकोमा सामान्य उपचार पश्चात सोही रात १० बजे तिर थप उपचारको लागि काठमाण्डौ तर्फ पठाएको थियो ।

घाईते तामाङको पेट, दाहिने खुट्टाको पिंडुल्ला र बांया हातमा चोट लागेको छ भने उनको अबस्था मध्यम रहेको धादि प्रहरी कार्यलयका प्रवक्ता तथा डिएसपी सन्तुलाल प्रशाद जैसवारले नारी वाटिकालाई जानकारी दिनु भयो ।

साथै घटना स्थानमा अस्थाई प्रहरी पोष्ट साङकोषबाट प्रहरी हल्दारको नेतृत्वमा प्रहरी टोलि खटिई गएको थियो भने प्रहार भएको चक्कु सहित चक्कु प्रहार गर्ने मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%६%

प्रतिक्रिया दिनुहोस