आज:  | Fri, 27, Dec, 2024

स्थानिय तहका कर्मचारीहरु आन्दोलित,आज देखि अनिश्चितकालिन पेन डाउन

१९ आश्विन २०८०, शुक्रबार १६:५८ मा प्रकाशित ( १ साल अघि) १८५० पटक पढिएको
नारी बाटिका


असाज १९ ।

एकपछी अर्को समुह आन्दोलन गरिरहेको मुलुकमा आजदेखी स्थानिय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै सुक्रबारदेखि कर्मचारीहरुले अनिश्चितकालिन पेन डाउन समेत गर्ने भएका छन् । नीलकण्ठ नगरपालिका,बेनिघाट रोराङ गाउँपालिका लगायतका कर्मचारी संघर्ष समितिले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नु पर्ने लगायत माग राखी दवाव मुलक विरोध कार्यक्रम गरेका हुन् ।

स्तरीय संघर्ष सिमितिको बिहीबारको निर्णय अनुसार आजदेखि अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द गरि विरोध उत्रिएका हुन् ।
उनीहरुले प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, निजामतीको परिभाषा भित्र स्थानिय तहका कर्मचारीहरुलाई समेत सेटिनु पर्ने, तीनै तहका कर्मचारीहरुको समान वृद्धि विकासको व्यवस्था गरिनु पर्ने, बिना सहमती ७५३ स्थानिय तहमा चक्रिय प्रणालीमा सरुवा हुनपर्ने जस्ता माग अगाडि सारेका छन् । 

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति बनाएर विरोधमा आएका कर्मचारीहरूले संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् । ऐनको विरोधमा उनीहरुले कार्यालयमा विरोधको ब्यानर र हातमा कालोपट्टी बाँधेर अति आवश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द गरेका हुन् ।

आजदेखि स्थानिय तह पालिका तथा नगर कार्यपालिकाको कार्यलय अन्तर्गतका कार्यलयहरुमा अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा नगर्ने गरी अनिश्चितकालिन पेन डाउन गरी संघीय सरकारी स्थानिय तहक कर्मचारी केन्द्रिय संघर्ष समितिले राखेको सम्बोधन गर्न जोडदार दबाब सहित माग राखी विरोधमा उत्रिएको जनाएका छन् ।

स्थानिय तह कर्मचारी केन्द्रिय संघर्ष समितिले प्रशासनिक संघीयता पुर्ण कार्यन्वयनको आधार, तिनै तह कर्मचारीको सामान अधिकार भन्ने मुल नाराका साथ सोमबार देखि विभिन्न दबाब मुलक कार्यक्रम गर्दै आएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस