आज:  | Fri, 10, Jan, 2025

बुधबार विहान धादिङको गजुरी २ मा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु भएको ।

१७ आश्विन २०८०, बुधबार १८:२५ मा प्रकाशित ( १ साल अघि) १३७९ पटक पढिएको
नारी बाटिका


धादिङ १७ असोज

धादिङको गजुरी गाउँपालिका २ मा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु भएको छ । वुधबार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ स्थित फुर्केखोलामा बिपरित दिशाबाट आएको ट्रकले ठक्कर दिँदा दुईजना बिद्यार्थी बालकको घटनास्तलमै मृत्यु भएको हो ।

बुधबार विहान काठमाडौंबाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश २–००१ ख ६४१३ नम्बरको ट्रकले ठक्कर दिँदा सिद्दलेक गाउँपालिका–६ परेवाटारका राजकुमार श्रेष्ठको १४ वर्षीय छोरा निर्मल श्रेष्ठ र उद्दव श्रेष्ठको १४ वर्षीय छोरा संजिव श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले नारी बाटिका डट्कमलाई जानकारी दिनु भयो ।

ट्रकको ठक्करबाट २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएपछी मृतक दुवैजना वेनिघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा रहेको बागेश्वरी माविको कक्षा आठमा अध्ययनरत द्य बिद्यार्थी हुन् ।

ट्युसन पढ्न जाँदै गरेका बालकहरुलाई ट्रकले सोही दिशा तर्फ जाँदै गरेको अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ । घटनापछि भागेको ट्रक र ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई इलाका प्रहरी कार्यालय वेनिघाटले नियन्त्रणमा लिएको थियो ।

बागेश्वरी माध्यमिक विद्यालयको विद्यार्थीहरुले न्यायको माग गर्दै जुलुस प्रदर्शन पनि गरेका थिए । बिद्यार्थीहरु तथा स्थानिय वासीले जुलुस प्रदर्शन गरेपछी केही समय उक्त राजमार्गको मलेखु क्षेत्रमा दुईतर्फी सडक अवरुद्ध गराएका हुन् । साथै घटना स्थलको क्षेत्रमा केही बेर दुईतर्फी सडक अवरुद्ध भएपनि जिल्ला प्रशासन सुरक्षा निकाय,जनप्रतिनिधीहरु वसी आपसी छलफल बाट सहमती गराई अबरुद्ध सडक खुलाएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस