आज:  | Sat, 21, Sep, 2024

आजको मौसम : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको

१५ आश्विन २०८०, सोमबार ०७:३५ मा प्रकाशित ( ११ महिना अघि) ३७० पाठक संख्या
नारी बाटिका


काठमाडौं,१५ असोज ।

सामान्यतया नागपञ्चमी पछी हल्का चिसो हावा चल्ने भन्ने बुढापाकाको भनाईछ । तर पछिल्लो समयको मौसम अनुमान गरे भन्दा फरक रहेको पाईन्छ । जस अनुसार आज असोज १५ गते बितिसक्दा पनि गर्मी बढी नै रहेको छ । असोज महिना लागेपछी चिसो सुरु हुन्छ भनेर सोचेको जस्तो भएन यस वर्ष अत्याधिकै गर्मीको महशुस गरियो । आजको हल्का वर्षादले भने मौसममा केही बदली हुने अनुमान गरिएको छ ।

शोमबार यी प्रदेशहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा सोमबार बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ।

राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यसैगरी मंगलबार र बुधबार पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस