आज:  | Sat, 21, Sep, 2024

स्थानीय सरकारहरूसँग छलफल गरेर मात्रै खानेपानी तथा सरसफाईको योजना बनाउन मेयर ढुंगानाको आग्रह

११ आश्विन २०८०, बिहीबार ०८:५५ मा प्रकाशित ( ११ महिना अघि) ४३२ पाठक संख्या
नारी बाटिका


धादिङ, ११ असोज 

खानेपानी तथा सरसफाईको योजना बनाउदा स्थानीय सरकारहरूसँग छलफल गरेर मात्रै अघि बढ्न मेयर ढुंगानाको आग्रह गर्नु भएको छ । स्थानिय स्तरमा हुने खानेपानी र सरसफाईका सबै काम हेर्ने जिम्मेवारी स्थानीय सरकारको नै भएकोले यस क्षेत्रमा काम गर्ने सरोकारवालाहरु जिल्लामा आउदा सम्वन्धित पालिकाको स्थानिय सरकारसंग छलफल गरेर मात्रै काम अघि बढाउन अनुरोध गर्नु भएको हो ।

स्थानिय बिकास निर्माणका विषयहरुमा काम अघि बढाउँदा स्थानीय सरकारहरूसँग छलफल गरेर योजना निर्माण गर्न नगरपालिका संघका केन्द्रीय अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाको नगर प्रमुख भीम प्रसाद ढुंगानाले सरोकारवालाहरूसँग आग्रह गुर्न भएको हो ।

बिगतमा धेरै योजनाहरु केन्द्रमा बसेर बनाउने गरेका प्रभावकारी नभएको भन्दै स्थानीय तहसँग समन्वय गरेर योजना निर्माण गर्दा बढी प्रभावकारी हुने बताउनु भएको छ । खानेपानी मन्त्रालयले गरेको खानेपानी, सरसफाई तथा स्वच्छता संयुक्त क्षेत्रगत समिक्षा राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुदै अध्यक्ष ढुंगानाले सो कुरा बताउनु भएको हो ।

स्वच्छ खानेपानी सहज रूपमा उपलब्ध गराउने विषयमा दातृ निकायहरूले पनि स्थानीय सरकारसँग सहकार्य गर्नुपर्ने ढुंगानाको भनाईछ । खानेपानी र सरसफाईको क्षेत्रमा काम गरीरहेका दर्जनौ निकायहरूको उपस्थीतिमा भएको सम्मेलनले खानेपानी, सरसफाई र स्वच्छताका सन्दर्भमा २० बुंदे घोषणा पत्र जारी गरीएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस