आज:  | Sun, 08, Sep, 2024

नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार मात्रै हुने

२६ भाद्र २०८०, मंगलवार १७:४६ मा प्रकाशित ( १२ महिना अघि) ५६८ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२६ भदौ ।

नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार मात्रै गरिने भएको छ। नेम्वाङका दुई छोराहरू विदेशमा रहेका छन् भने उनीहरू बुधवार सम्ममा नेपाल आइपुग्ने भएकाले आउदो बिहीबार मात्रै उहाँको अन्त्येष्टि गर्न लागिएको एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनु भयो ।

उहाँको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको थियो । बुधबार पनि नेम्वाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमै राखिने नेकपा एमाले पार्टी स्रोतले जनाएको छ । संविधान निर्माणका क्रममा नेम्वाङले पुर्‍याएको योगदानको कदर गर्दै सरकारले उनको अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने निर्णय समेत गरिसकेको छ।

मन्त्रिपरिषदको मंगलबार बिहान बसेको आकस्मिक बैठकले अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएकाले बिहीबार सार्वजनिक बिदा हुने भएको छ । आवm्नै घरको शौचालयमा लडेका नेम्वाङलाई राति १ ः३० बजे अस्पताल पुर्‍याएपछि चिकित्सकले मंगलबार बिहान ३ बजे मृत घोषणा गरेका थिए।

उहाँलाई अस्प्ताल पुर्याउँदा नै मुटुको चाल नरहेको अस्पतालले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस