आज:  | Thu, 09, Jan, 2025

कांग्रेस नेता कार्कीको निधनमा दुई दिनसम्म पार्टीले आधा झण्डा झुकाउने

७ भाद्र २०८०, बिहीबार १५:२७ मा प्रकाशित ( १ साल अघि) ११४० पटक पढिएको
नारी बाटिका


धादिङ,०७ भदौ ।

नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य,पुर्व प्रदेश सांसद एवं महासमिती सदस्य डा राजाराम कार्कीको निधन निधन भएको छ । क्यान्सर रोगबाट स्वास्थ्य समस्या झेली रहनु भएका कांग्रेस नेता कार्कीको उपचारको क्रममा वधबार उहाँको निधन भएको हो । नेता कार्कीको निधनमा पार्टीले दुई दिनसम्म आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

स्वास्थ्य सेवा संगै पार्टीको राजनितिमा उदाउनु भएका नेता कार्कीको निधनमा दुःख व्यक्त गर्दै यही भदौ ७ र ८ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ । उहाँको उपचारका क्रममा बुधबार निधन भएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्व केन्द्रीय सदस्य, बागमती प्रदेशसभा पूर्व साँसद तथा नेपाल तरुण दलका पूर्व महासचिव समेत रहनु भएका कार्कीको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।

बैठकले स्व नेता कार्कीप्रति सम्मान प्रकट गर्दै भदौ ८ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने तथा १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने पनि निर्णय गरेको छ ।

मृतक कार्कीको निधनमा शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्न आज बिहान पार्टीको केन्द्रीय कार्यालय प्राङ्गणमा उहाँको शव राखिएको थियो । नेता कार्कीको शव आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरी दाहसंस्कार गरिने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ।

विसं २०१४ वैशाख २९ गते जन्मनु भएका स्व कार्कीले कांग्रेसको सङ्गठन तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले उल्लेख गरेको छ ।

उहाँको  निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै बैठकले स्व. कार्कीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
बैठकमा नेता स्व.कार्कीको आत्माको चीर शान्तिको कामनाका साथ एक मिनेट मौन धारण गरिएको थियो ।

कांग्रेसले यस दुःखको घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनमा धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै समवेदना प्रकट गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस