आज:  | Mon, 23, Dec, 2024

जिल्ला प्रहरी कार्यलय धादिङद्धारा मोटरसाईकल चोरी गर्ने अभियुक्तहरुलाइ पक्राउ

१९ असार २०८०, मंगलवार ०८:१० मा प्रकाशित ( १ साल अघि) ९६४ पटक पढिएको
नारी बाटिका


भगवती उप्रेती

धादिङ १९ असार ।

जिल्ला प्रहरी कार्यलय धादिङद्धारा मोटरसाईकल चोरी गर्ने अभियुक्तहरुलाइ पक्राउ गरेको छ । असार १७ गते रातको अन्दाजी ११ः३० वजेको समयमा निलकण्ठ नगरपालिका वडा नं.३ स्थित एमालेचोकको सडक किनारामा पार्किङ गरी राखेको ईन्जिन नं.DKYCGH70107 चे.नं MD2A13EY36CH52928 भएको रातो कालो रंगको बा ८१ प ५१०२ नम्बरको मोटरसाईकल हराएको थियो ।

पार्किङ गरी राखेको मोटरसाईकल हराएपछी मोटरसाईकल धनीले चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय धादिङमा खोजतलास गरी पाउँ भनी निवेदन दिएका थिए । मोटरसाईकल धनीको खबर प्राप्त हुना साथ सदरमुकाम प्रवेश गर्ने नाकाहरुमा प्रहरीले नाकावन्दी गरी चेकजाँच गर्ने क्रममा निलकण्ठ नगरपालिका वडा नं.११ बस्ने बर्ष(२० को सुरज बोगटी, र धादिङ नेत्रावती डबजोङ गाउँपालिका वडा नं. २ बस्ने बर्ष(२० को बिशाल गुरुङ रहेको जिल्ला कार्यलयले जनाएको छ ।

उक्त चोरी गरी लगेको मोटरसाईकल सहित चोरी गर्ने गुरुङ र बोगर्टी पक्राउ गरेको हो । दुवै अभियुक्तहरुलाई निलकण्ठ नगरपालिका वडा नं.३ आँसीखोला दोभानबाट पक्राउ गरी चोरी गरेको मोटरसाईकल सहित अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई चोरी मुद्दामा धादिङ जिल्ला अदालतबाट ५ (पाँच)को म्याद थप अनुमती लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो ।

साथै अन्य मोटरसाईकल।हरु समेत चोरी हुन सक्ने कुरालाई मध्यनजर गरी आ(आफ्नो सवारी साधनहरुलाई सुरक्षित हिसाबले पार्क गरी राख्न हुन जिल्ला प्रहरी कार्यालय धादिङले नागरिकहरुमा अनुरोध पनि गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस