आज:  | Mon, 23, Dec, 2024

प्रतिनिधिसभाको बैठकबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित

१७ असार २०८०, आईतवार १९:३९ मा प्रकाशित ( १ साल अघि) ९२८ पटक पढिएको
नारी बाटिका


काठमाडौं १७ असार ।

आइतवार बसेको प्रतिनिधिसभाको बैठकबाट  राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्तुत गरेको सो विधेयक आज बसेको दोस्रो बैठकबाट पारित भएको हो ।

प्रतिनिधिसभाको बैठकबाट यसअघि आर्थिक विधेयक २०८० पारित गरिएको थियो। दुवै विधेयकमाथि आजै सैद्धान्तिक छलफल सकेर पास गरिएको हो। ऋण उठाउने विधेयक, २०८० पारित गर्नु अघि विधेयकमा आएका संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्दै विधेयक माथी छलफल समेत भइ पारित गरिएको थियो ।

यसअघि राष्ट्रियसभाबाट उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्व सम्मत स्वीकृत भएको थियो। सो विधेयकमाथि संशोधन गर्न चाहने सांसदलाई संशोधनको लागी सूचना दिन समय समेत दिइएको छ।

प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो ३ बजे बस्नेछ। विनियोजन विधेयकमाथि छलफल चलिरहेको राष्ट्रिय सभाको बैठक भने सोमबार दिउँसो बस्ने भएको जनाइएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस