आज:  | Mon, 23, Dec, 2024

नीलकण्ठ नगरपालिकाकाद्धारा प्रेस विज्ञप्ती जारी (भत्ता )वितरणमा कानुन संवत भएको मेयर ढुंगानाको स्पष्टयुत्ती

१२ असार २०८०, मंगलवार ०८:२७ मा प्रकाशित ( १ साल अघि) ८१६ पटक पढिएको
नारी बाटिका


धादिङबेशी १२ असार ।

केही दिन अघि केही संन्चार माध्यमहरुमा तेस्रो नगर सभामा सहभागी भत्ताको विषयलाई लिएर भ्रामक समाचार आएको भन्दै शोमवार नगरपालिकाकाद्धारा प्रेस विज्ञप्ती जारी  गरेको छ ।

१ दिनमा सम्पन्न गरिएको नगरसभामा सहभागीलाई २ दिनको हाँजिर गराई १ दिनको मात्रै भत्ता वितरण गरी नगरपालिकाले अनियमिता गरेको भन्दै केही संन्चार माध्यममा भ्रामक समाचार प्रकाशन प्रशारण भएको थियो ।

वास्तविक कुरा नै नबुझी नागरिकलाई भ्रममा पार्न केही संन्चार माध्यमले समचार प्रशारण गरिएकोमा नगरपालिकाद्धारा उक्त समचार प्रति आपत्ती र खण्डन गर्दै,प्रमुख भिम प्रशाद ढुंगानाद्धारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तीमा भत्ता वितरण कानुन संवत भएको मेयर ढुंगानाले स्पष्ट पार्नु भएको छ । त्यस्तै कार्यक्रम १ दिनमा सम्पन्न गरिएको भएतापनि २ दिनसम्म समय लाग्ने कार्यक्रम हो ।

नगरसभामा सहभागी सदस्यहरुलाई आतेजाते (यातायात )  वापत २ वै दिनको भत्ता उपलव्ध गराउनु पर्ने भएको हुनाले कार्यक्रमा दिएको भत्ता कानुन संवत भएको बताउनु भएको हो । टोल विकास संस्था महासंघ द्धारा आयोजित सवलीकरण तालिममा सम्बोधन गर्दै नगर प्रमुख ढुगांनाले सो कुरा बताउनु भएको हो ।

उहाँले बागमती प्रदेश सरकारको स्थानीय सरकारको सभा सञ्चालन कार्यविधि सम्बन्धी ऐन २०७५ अनुसार नै नगर सभाका सदस्यहरुलाई भत्ता बितरण गरिएको बताउनु भएको हो । नगर अधिवेशनमा उपस्थित सभा सदस्य एवम् सहभागिहरुलाई उपस्थित भएको दिन बराबरको बैठक भत्ता र यातायात एवम् आवास खर्च बापत थप एक दिनको भत्ता दिई अन्य कुनै खर्च नबेहोर्ने नगरकार्यपालिकाको निर्णय अनुसार नै भत्ता वितरण गरिएको उहाँले स्पष्ट पार्नु भयो ।

देशमा देखिएको आर्थिक मन्दी प्रति आफुहरु सचेत रहेको र अनावश्यक फजुल खर्च नियन्त्रण र मितब्यायीतको नीति अनूरुप नै होटलहरुमा गर्ने नगरसभालाई जिससको सभा हलमा गरिएको उहाँले बताउनु भएको थियो । मुलुकमा विद्यमान आर्थिक मन्दी र नीलकण्ठ नगरपालिकाको बार्षिक बजेट सिमा घटेका बेला आगामी बर्ष नगर सञ्चीत कोषबाट कुनै पनि भ्रमण खर्च र भड्कीलो कार्यक्रम नगर्ने नीति समेत लिएको बताउनु भएको छ ।

नीलकण्ठ नगरपालिकाले एक दिनको अधिवेशनमा २ दिनको भत्ता वितरण गरिएको भनी विभिन्न सञ्चार माध्यमहरुमा आएको समाचार प्रति विशेष ध्यानाकर्षण पनि भएको भन्दै प्रेस बिज्ञप्ती जारी गरेको थियो । जारी बिज्ञप्तीमा वागमती प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धी ऐन, २०७५ को दफा ३ (क)अनुसूची १ ख) एवम् नेपाल सरकारको भ्रमण खर्च नियमावली २०६४ को नियम ७ (१) अनुसूची–२ वमोेजिम नियमानुसारकै सहभागीहरु लाई यातायात खर्च उपलब्ध गराइएको प्रकाशित प्रेस विज्ञप्ती मार्फत उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस