आज:  | Mon, 23, Dec, 2024

रुवी भ्यालीको गाउँसभामा झडप,तोडफोड र जनप्रतिनिधि समेत घाइते

११ असार २०८०, सोमबार ०७:५९ मा प्रकाशित ( १ साल अघि) ९६३ पटक पढिएको
नारी बाटिका


धादिङ,११ असार।

असार १० गते भएको उत्तरी धादिङको रुवी भ्याली गाउँपालिकामा गाउँसभाको झडप भएको छ ।

असार १० गते गाउँपालिकाको कार्यालय सेर्तुङमा आयोजना भएको १३ औं गाउँसभाको अधिवेशन भइरहेको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विद्यालयमा पढाइरहेका शिक्षकलाई स्रोतव्यक्ति नियुक्त गरेको भन्दै हो हल्ला सहित विरोध गरेपछी विवाद हुँदा झडप र तोडफोड भएको गाउँसभामा सहभागी जनप्रितिनिधिहश्रले बताएका छन् ।

उक्त झडपको क्रममा राप्रपाका कार्यकर्ताहरुले गाउँसभा भइरहेको समयमा मञ्चमा पसी कुर्ची टेबल तोडफोड गरेका हन् । कार्यक्रम भइरहेको समयमा मञ्चमा तोडफोड भएसंगै भएको झडपका भइ गाउँपालिका अध्यक्ष रामसिंह तामाङ सहित केही जनप्रतिनिधि सामान्य घाइते भएको स्रोतले जनाएको छ ।

उक्त गाउँसभामा हो हल्ला र लफडा भएपछी नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिई केही समयपछी गाउँसभा पुनः सुरु भएको थियो । गाउँपालिका अध्यक्ष रामसिंह तामाङले आगामी आर्थिक बर्ष २०८०र०८१ को निति तथा कार्यक्रम प्रस्तुत र उपाध्यक्ष फे लामा तामाङले बजेट प्रस्तुत गरिरहेका थिए ।

अध्यक्ष तामाङ र उपाध्यक्ष फे लामाले गाउँसभा भइरहेको मञ्चमा आगमी आव २०८० । ०८१ बजेट प्रस्तुत गर्ने क्रममा उनीहरुले तोडफोड गरेका हुन् । सभा भइरहेको स्थानमा तोडफोड समेत भएको झडपका क्रममा गाउँपालिका अध्यक्ष रामसिंह तामाङ सहित केही जनप्रतिनिधि सामान्य घाइते भएपछी ।नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिई कार्यक्रमलाई सुचारु गरिएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस