आज:  | Mon, 23, Dec, 2024

६१३ के.जी.७१० ग्राम लागु औषध सहित चालक तथा कन्टेनर पक्राउ

१० असार २०८०, आईतवार १५:१७ मा प्रकाशित ( १ साल अघि) १४०९ पटक पढिएको
नारी बाटिका


भगवती उप्रेती
संवाददाता

धादिङ असार १० आइतवार ।

जिल्ला प्रहरी कार्यालयले धादिङले ६१३ के।जी।७१० ग्राम लागु औषध गाँजा सहित चालक तथा कन्टेनर पक्राउ गरेको छ । लागु औषधका तस्करहरुले छिमेकी जिल्ला मकवानपुर र धादिङको दक्षिणी बेल्टतिर अबैध रुपमा उत्पादन गरी संकलन गर्ने गरेको अबैध गाँजाहरु ईन्डियन ट्रकमा लुकाइ छिपाई भारत तर्फ बिक्री गर्न लैजादै गरेको अबस्थामा लागु औषध गाँजा सहित चालक तथा कन्टेनर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

धादिङको हाइवै क्षेत्रबाट समेत लैजान लागेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलय धादिङ तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले पिछा गदै गरेकोमा हिजो असार ९ गते अंं।०६ः०० बजेको समयमा धादिङ बेनिघाट रोराङ ग.पा.९ मझिमटार चेक पोष्ट स्थित काठमाण्डौबाट भारततर्फ जादै गरेको  HR 383431  नं.को डिब्बा कन्टेनरलाई रोकी चेकजाच गर्दा फेला पारी लागुऔषध,चालक र तस्करलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय का सुचना अधिकारी सन्तुलाल जैसवारले जानकारी दिनु भएको छ ।

उक्त ट्रक रोकी चेकजाच गर्दा डिब्बा कन्टेनरको चालकको सिट भन्दा माथी फल्स बटम बनाई सोही बटम भित्र ६१३ के।जी ७१० लागु औषध (गाजा) फेला पारी लागु औषध सहित डिब्बा कन्टेनर र चालक भारत बिहार मोतीहारी जिल्ला नगदाहग्राम बस्ने बर्ष २७ को राजिब तिवारी भन्ने राउल तिवारीलाई पक्राउ गरेको हो ।

तिवारी भन्ने राउल तिवारीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त गाँजा विक्री गर्नको लागी भारतको मोतीहारी लैजान लागेको बताएको हो । यस लागु औषध तस्करमा संलग्न अन्य अधियुक्तहरुको खोजतलास गर्ने कार्य भैइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले वताउनु भएको छ । साथै अन्य अनुसन्धान भइरहेको मिश्रले जानकारी दिनु भयो ।

यसैगरी असार ९ गतेकै दिन साँझ अ.ं ६ बजेको समयमा धादिङ जिल्ला गजुरी गाँ. पा वडा नं. ६ आदमघाट स्थित अ.प्र पोष्ट आदमघाटबाट प्र. स नि. बिक्रम घलानको कमाण्डमा खटिएको गस्ति टोलीले शंकाशपद रुपमा बोरा बोकी हिडिरहेको अबस्थामा एक जनालाई नियन्त्रणमा लिएको छ ।

धादिङ गल्छी गाँ.पा वडा नं.४ बस्ने बर्ष २५ को शंकर मिजार भन्ने शंकर बयलकोटीले बोकेको बोराबाट २किलो ५०० गा्रम लागु औषत –(गाँजा )सहित निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस