आज:  | Mon, 23, Dec, 2024

चार राजनीतिक दलको गठवन्धन्मा आज समाजवादी मोर्चा नेपालको घोषणा

४ असार २०८०, सोमबार १९:२५ मा प्रकाशित ( १ साल अघि) ८७८ पटक पढिएको
नारी बाटिका


काठमाडौं असार ४ शोमवार ।

चार राजनीतिक दलको गठवन्धन्मा आज समाजवादी मोर्चा नेपालको घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा एक कार्यक्रमको आयोजना गरी संविधान प्रदत्त समाजवाद स्थापना गर्ने लक्ष्यका साथ विभिन्न चार राजनीतिक दलले आज समाजवादी मोर्चा नेपालको घोषणा गरेका हुन् ।

नव गठित मोर्चामा नेकपा (माओवादी) केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताले अवधारणा पत्रमा हस्ताक्षर गर्दै मोर्चा घोषणा गरिएको थियो ।

चारदलको समिकरणबाट मोर्चाको अवधारणापत्रमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नत्रविक्रम चन्दले सयुक्त रुपमा हस्ताक्षर गरिएको छ ।

भाषा र नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेद रहित समाजको निर्माण गर्ने लक्ष्यका साथ मोर्चा गठन गरिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको बाटो तय गर्ने, वर्गीय तथा क्षेत्रीय विभेदको अन्त्य गर्ने, मानव विकास सूचकाङ्कमा पछाडि परेका मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्रमुख प्राथमिकताको क्षेत्रमा राख्ने, जनताको नागरिक तथा आर्थिक अधिकारको संरक्षण, वित्तीय एकाधिकार तथा दलाल पूँजीवादी अर्थ व्यवस्थाको विकल्पमा समाजवादी अर्थतन्त्रको आधार तयार पार्ने मोर्चाको उद्देश्य रहेको जनाईएको छ ।

बाह्य तथा आन्तरिक लगानी मैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकीकरण गर्ने, वैदेशिक रोजगारीबाट पूँजी र प्रविधि सहित फर्केका नेपालीलाई देशभित्र रोजगार मूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने लक्ष राखिएको श्रेष्ठको भनाइ रहेको छ ।

यस्तै उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने र गरिबी उन्मूलन प्रवद्र्धनको क्षेत्रमा लगानी बढाउन तीन वटै तहको सरकारलाई क्रियाशील बनाउने मोर्चाको उद्देश्य रहेको वताइएको छ ।

मोर्चाले वैज्ञानिक भूउपयोग नीति लागू गर्दै कृषि क्रान्तिको माध्यमबाट कृषिको औद्योगिकीकरण, व्यवसायिकीकरण र आधुनिकीकरण गरी कृषिमा निर्भर श्रमजीवी जनताको जीवनस्तर सुधार, समृद्ध र समुन्नत समाज बनाउने, ऊर्जा, जलस्रोत, वन, उद्योग, वाणिज्य, पर्यटन, सूचना,प्रविधि, भौतिक पूर्वाधार, यातायात लगायतका क्षेत्रलाई आर्थिक समृद्धिको संवाहकका रूपमा विकास गर्ने योजना तय भएको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस