आज:  | Fri, 18, Oct, 2024

समुह ब्यवस्थापन ६ दिने तालिमको दोस्रो चरण जेठ २५ मा, सिप ज्ञानमुलक विषयवस्तुमा केन्द्रित

२६ जेष्ठ २०८०, शुक्रबार ०९:१० मा प्रकाशित ( १ साल अघि) १३६१ पाठक संख्या
नारी बाटिका


 

धादिङ २६ जेठ ।

नारी जागरण केन्द्र धादिङको आयोजना तथा निलकण्ठ नगरपालिकाको सहकार्यमा संन्चालित ३ चरणमा सम्पन्न हुने समुह ब्यवस्थापन तालिमको दोस्रो चरणको पहिलो जेठ २५ मा सहकारीमा अवसर र चुनौती,किसानी समुहका सदस्यहरुका लागी अर्गानिक तरकारी खेती,मल अर्गानिक मल बनाउने तरिका,उन्नतजातको विउविजन,साईवर अपराध र आत्महत्या न्युनीकरण,सम्बन्धी प्रशिक्षण रही सिप र क्षमता विकास गराउनेमा केन्द्र्रित रहेको थियो ।

समुह ब्यवस्थापन ६ दिने तालिमको दोस्रो चरण जेठ २५ मा, सिप ज्ञानमुलक विषयवस्तुमा केन्द्रित रही समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत धादिङ जिल्लाका प्रहरी प्रमुख गौतम मिश्र,तरकारी खेतीका सफल व्यवशायी तथा प्रशिक्षक विष्णु प्रशाद पोख्रेल,नारी जागरण केन्द्र धादिङका कार्यकारी निर्देशक भगवती उप्रेतीले प्रशिक्षण गर्नु भएको थियो ।

नारी जागरण केन्द्रको सभाहलमा भएको तालिममा केन्द्रका कर्मचारी, नारी बाटिका डट्कम, नारी विकास महिला सहकारी संस्थाका सदस्यहरु, पन्चकन्या, नि.न.पा.१३,चिसापानी,नि.न.पा.६, ढोडेनी,नि.न.पा.५, श्रृजनशील नि.न.पा.१२,रक्तकाली नि.न.पा.४, सितलबजार, नि.न.पा.३,उद्योमशिल,महिला समुह नि.न.पा.१२,नमुना नि.न.पा.१२,महिला समुह लगायत १७ महिला समुहका प्रतिनिधीहरु समेत लाई प्रहरी प्रमुख गोतम मिश्र,भगवती उप्रेती, बाट प्रशिक्षण गरिएको हो ।

सरकारी तथा गैर सरकारी संघ संस्थाका कार्यक्रमहरुले समुदायमा समुह गठन गर्ने,चेतनामुलक तालिम दिने जस्ता काम गर्ने,तर समुदायको सिप विकास,आर्थिक बिकास गराउन तर्फ तेती ध्यान दिएको पाईदैन ।

अर्को तर्फ सहकारी सम्वन्धि ज्ञान र चेतना नभइ सहकारी संन्चालन गर्नेहरु,कतिपय संस्थामा कर्मचारी र संन्चालकमा इमान्दारिता नहुने,जस्ता समस्या छ । र अझै प्रमुख समस्या भनेको स्थानिय तहमा सहकारी सम्वन्धि ज्ञान भएका कर्मचारी नहुनाले सहकारी सम्रक्षण र पर्वपद्धन हुन सकेका छैन ।

धेरै बैंक,वित्तिय संस्था,सहकारी संस्था लगायतमा बस्ने कारोवार गर्ने र ऋण तिर्ने बेलामा अशुली नगर्ने समस्याले सहकारीमा निकै चुनौती आईरहेको छ ।

वेला बखतमा अनुगमन,निरिक्षण र मुल्याङक नहुनाले नियम अनुसार चलेका छन् की छैनन्,सही गरेकी गलत गरे भन्ने कुरामा सचेत हुन नसकेको अबस्था देखा परेको छ । यिनै विषयमा समुह र समुदायमा चेतना गाउनु पर्ने भएकोले सिप र ज्ञानमुलक र सिपमुलक कार्यक्रम संन्चालन गरी आत्मनिर्भर बनाउने लक्षका साथ तालिमको आयोजना गरिएको संस्थाका कार्यकारी निर्देशक भगवती उप्रेतीले वताउनु भयो ।

साथै पछिल्लो समयमा सामाजिक संन्जालबाट अपराधिक घटनाहर बढ्दै गएकोले साईवर अपराध र आत्महत्या न्युनीकरण सम्बन्धी सुरक्षा क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण कार्यक्रम गरिएको हो । दोस्रो चरणको तालिम जेठ २५ र २६ गते सम्म संन्चालन हुनेछ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस