आज:  | Wed, 05, Feb, 2025

जापानको सेन्दाईस्थित शहरमा बस दुर्घटना हुदाँ बस दुर्घटनामा परि २ नेपाली विद्यार्थीको मृत्यु

४ जेष्ठ २०८०, बिहीबार ०८:३३ मा प्रकाशित ( १ साल अघि) १९८८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका खबरदाता धादिङ
जेठ ४  विहिवार

मंगलबार साँझ जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित शहरमा बस दुर्घटना हुदाँ दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो ।

बस दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रे जिल्लाका नवराज तामाङ र युवराज थापा रहेका छन् । थापा सेन्मोन गाक्कोउ तथा दोस्रो तहको जापानी भाषा कक्षामा अध्ययनरत थिए भने तामाङ निहोनगो गाक्कोउ जुन जापानी भाषामा यसलाई वाहिर बाट अध्ययन भिषामा जानेहरुले पढ्नै पर्ने पहिलो चरणको भाषा कक्षामा अध्ययनरत रहेको पनि जापानी मिडियाले जनाएका छन् ।

जापानी मिडियाका अनुसार सेन्दाईबाट इवाते भन्ने स्थान तर्फ चर्फ जाँदै गरेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो, जसमा दुई नेपाली विद्यार्थी सहित तीन जनाको मृत्यु भएको थियो । बसमा खराबी देखिए पछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकि राखेको अवस्थामा ट्रकले आएर एक्कासी पछाडीबाट ठक्कर दिएको हो ।

एक्सप्रेस रोडमा रोकिराखेको बसलाई ट्रकको ठक्करपछि सो बस उछिट्टिएर १ सय मिटर पर पुगेको त्यहाँका मिडियाहरुले जनाएका छन् । उक्त बसमा चालक दलका सदस्य सहित ४० जना यात्रु हरु सवार थिए, जसमा दुई नेपाली सहित तीनजनाले ज्यान गुमाएका हुन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस