आज:  | Sat, 04, Jan, 2025

आज विहिवार बिहान ५ बजेर १५ मिनेटको समयमा बाजुरामा ४.३ रेक्टरस्केलको भूकम्प गयो

२८ बैशाख २०८०, बिहीबार ०८:१३ मा प्रकाशित ( १ साल अघि) ९५० पटक पढिएको
नारी बाटिका


काठमाडौ २८ वैशाख

आज विहिवार बिहान ५ बजेर १५ मिनेटको समयमा बाजुरा जिल्लाको बिछ्या भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान बाजुरा जिल्लाको बिछ्या भन्ने स्थानलाई केन्द्रविन्दु बनायर ४.३ रेक्टरको भुकम्प गएको हो ।

यसअघि पनि बाजुरा जिल्लाकै बिछ्या केन्द्र विन्दु भएर यसै वैशाख २३ गते ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।केही वर्षदेखी भुकम्ले नेपालका केही जिल्लाहरुमा धक्का दिइ रहेको छ । अझै बढी मात्रामा पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी रहेको छ ।

२०७२ को भुकम्पले गोर्खाको वार्पाक,धादिङ,सिन्धुपाल्चोक,नुवाकोट,रसुवा लगायतका जिल्लामा धेरै धनजनको क्षेति पुर्याएको थियो । त्यसपछीका गएका भुकम्पले खासै धेरै क्षति नपुर्याएको भएता पनि मानिसहरुमा त्रास भने रहेको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिइन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस