आज:  | Sat, 23, Nov, 2024

धादिङ वेशीमा राष्ट्रिय तेश्रो मेयर कप २०७९ सुरु

२४ चैत्र २०७९, शुक्रबार ०८:०६ मा प्रकाशित ( १ साल अघि) ५६१ पाठक संख्या
नारी बाटिका


धादिङ,२४ चैत ।

धादिङवेशीमा जिल्ला तथा राष्ट्रिय स्तरिय तेश्रो मेयर कप २०७९ खुल्ला ब्याडमिन्टन प्रतियोगिता ििवहिवार बाट शुरु भएको छ । नीलकण्ठ नगरपालिकाको आयोजनामा,धादिङ जिल्ला ब्याडमिन्टन संघको संयोजन र नेपाल ब्याडमिन्टन संघ काठमाडौंको प्राविधिक सहयोगमा राष्ट्रिय र्याङ्कीङ तथा जिल्ला स्तरीय तेश्रो मेयर कप २०७९ शुरु भएको हो ।

चैत २३ अर्थात विहिवार देखी शनिवार तीन दिनसम्म चल्ने प्रतियोगिताको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगाना र प्रमुख जिल्ला अधिकारी रमेश ढकालबीच रोचक ब्याडमिन्टन खेल खेलेर प्रतियोगिता शुरु गर्नु भएको थियो । खेलले स्वास्थ्यमा राम्रो गर्ने भन्दै नगर प्रमुख ढुंगानाले प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई आफ्नो क्षमता देखाउने अवसरको रुपमा लिन आग्रह गर्नु भएको छ ।

राष्ट्रिय र्याङ्कीङ खुल्ला ब्याडमिन्टन प्रतियोगिताले धादिङको लागि राष्ट्रिय स्तरका आन्तरिक पर्यटक भित्राउने अवसर मिलेको नगर प्रमुख ढुंगानाले बताउनु भयो । यस प्रतियोगितामा धादिङ, कास्की,चितवन, काठमाडौं, ललितपुर, मोरङ र सुनसरी लगायतका जिल्लाहरुबाट २२० खेलाडीहरु सहभागी रहेका छन् ।

जिल्ला ब्याडमिन्टन संघ धादिङको व्यवस्थापन तथा नेपाल ब्याडमिन्टन संघ काठमाडौंको प्राविधिक सहयोगमा राष्ट्रिय पुरुष डवल ४५ प्लस तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, राष्ट्रिय पुरुष डवल ५५ प्लस तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, राष्ट्रिय तर्फ खुल्ला निर्वाचित जनप्रतिनिधि स्तरीय पुरुष डवल तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, जिल्ला स्तरीय पुरुष डवल बी लेवल, राष्ट्रिय पुरुष तर्फ प्रथम ३० हजार, दितिय २० हजार र तृतीय १५ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।

विश्व खेलकूद दिवसको अवसर पारी विहिवार कार्यक्रममा केक काटेर शुभकामना आदनप्रदान गरिएको थियो । उद्घाटन समारोहमा नगर उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल,प्रहरी प्रमुख गौतम मिश्र,नीलकण्ठ नगरपालिकाका वडा अध्यक्षहरु ल्गायतको आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस