आज:  | Sun, 22, Dec, 2024

धादिङ,काठमाण्डौ जोडने नागढुङ्गामा सुरुङ मार्ग खन्न रोकियो

२२ चैत्र २०७९, बुधबार १४:४६ मा प्रकाशित ( १ साल अघि) ८१३ पटक पढिएको
नारी बाटिका


धादिङ— विगत समयदेखी संन्चालनमा रहेको धादिङ, काठमाण्डौ जोडने नागढुङ्गामा सुरुङ मार्ग आयोजनामा खन्ने कार्य रोकिएको छ ।

सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङ मार्ग आयोजनामा खन्ने काम रोकिएको हो ।

सुरुङ खन्ने क्रममा कमसल माटोले समस्या देखिएको २० दिन भइ सकेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

पहिले दैनिक तीन देखि चार मिटर सम्म खन्ने गरेकामा अहिले उक्त कार्य रोकिएको आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिनुु भयो ।

अरु काम संन्चालनमा रहेपनि सुरुङ खन्ने कार्यको प्रगति भने कम रहेको छ । त्यहाँको भूवनोट कमजोर रहेको र काम गर्दा उपकरण विग्रने समस्या आइरहेको जनाउनु भयो ।

आयोजनाले निर्माण कम्पनीलाई राम्रो सँग‘सिस्टममा ल्याउन र आवश्यक उपकरणका पार्ट फेर्न भनेको छ । उहाँले भन्नु भयो, आयोजना र कम्पनीका बीचमा कुराकानी भइरहेको छ ।

निर्माण कम्पनी सँग अहिले जनशक्ति र उपकरण दुबै पर्याप्त भएको आयोजनाले जनाएको छ ।

नारी वाटिका संवाददाता,

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस