आज:  | Sun, 22, Dec, 2024

चैत महिना भित्र विद्यार्थीको हातमा पाठ्य पुस्तक पु¥याउने निर्देशक झा को दावी

१३ चैत्र २०७९, सोमबार १२:५७ मा प्रकाशित ( १ साल अघि) ९२० पटक पढिएको
नारी बाटिका


काठमाण्डौ १३ चैत

चैत महिना भित्र विद्यार्थीको हातहातमा पाठ्य पुस्तक पु¥याउने जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशकले दावी गर्नु भएको छ ।

नेपालमा नयाँ शैक्षिक शिक्षा सुरु भएको ३ महिना सम्म पनि पाठ्य पुस्तक उपलव्ध नहुने समस्याले विद्यार्थी र विद्यालयका शिक्षकहरु आजित भैरहेका सन्धर्वमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले यस्तो दावी गर्नु भएको हो

विगतका वर्षमा समयमा विद्यार्थीले पाठ्य पुस्तक नपाउँदा आफुले पुरा गर्नुपर्ने कोर्स अध्ययन नै नगरी परिक्षा दिनु पर्ने  समस्या रहेको गुनासो गर्दै आएका थिए ।

तर यस वर्ष भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले चैत महिना भित्रै सबै जिल्लामा विद्यालय स्तरीय पाठ्य पुस्तक पु¥याउने लक्ष राखेको हो।

हाल सम्म जनक शिक्षा केन्द्रले एक करोड ३५ लाख थान पुस्तक छपाइ गरी सकिएको जनाएको छ ।

यसवर्षमा ६ कक्षा देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक छपाइको जिम्मा लिएकोमा नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्य पुस्तक पु¥याउने केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले जानकारी दिनु भएको छ ।

कोभिड १९ महामारीको समयमा रोकिएको शैक्षिक सत्र यस वर्षदेखि वैशाख १ बाट नै सुरु हुने भएपछि केन्द्रले २४सै घन्टा छापाखाना सञ्चालन गरी पुस्तक छपाइको कार्य गरिरहेको उहाँले बताउनु भयो ।

झा भन्नु हुन्छ “यसवर्ष जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० सम्मको मात्रै पाठ्य पुस्तक छाप्ने जिम्मेवारी पाएको छ ।

एक करोड ५० लाख थान पुस्तक छपाइ गर्नुपर्ने हो । त्यस मध्ये एक करोड ३५ लाख थान अर्थात् ९० प्रतिशत पुस्तक छापि सक्यौँ ।  अब बाँकीे १५ लाख थान केही दिन भित्रै छपाइ सकेर जिल्ला जिल्ला पठाउछौँ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस