आज:  | Sat, 23, Nov, 2024

समानुपातिक सांसदबारे निर्णय गर्न आज जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै,

२ चैत्र २०७९, बिहीबार ०८:११ मा प्रकाशित ( १ साल अघि) ४२८ पाठक संख्या
नारी बाटिका


समानुपातिक सांसदबारे निर्णय गर्न आज जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै,

 

नारी वाटिका संवाददाता चैत, २ काठमाडौं ।

समानुपातिक सांसदबारे निर्णय गर्न आज जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।

आगमी शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका विषयमा र रिक्त एक समानुपातिक सांसद सिट पूर्ति गर्ने बारेमा पार्टीले निर्णय गर्न बैठक बस्न लागिएको हो । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार शुक्रबार हुने उपराष्ट्रपति निर्वाचन र रिक्त एक समानुपातिक सांसद सिट पूर्ति गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाएका छन् ।

प्रतिनिधि सभामा समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि जसपामा एक सांसद सिट रिक्त रहेको छ । मुस्लिम क्लस्टरको पहिलो नम्बरमा नाम भएकी सांसद रहमानको गत १३ फागुनमा निधन भएको थियो ।

बैठकमा शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका विषयमा छलफल हुने छ । पार्टीबाट मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारीको नाम भएकाले उनकै विषयमा पनि बैठकबाट निर्णय हुने जसपाका नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाका रामसहाय प्रसाद यादव र नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य उपराष्ट्रपति पदको उम्मेदवार रहेका छन् ।
त्यस्तै जनमत पार्टीकी ममता झा पनि सत्ता गठबन्धनबाटै उम्मेदवार भएकाले २ मध्य कुनै एकजना उम्मेदवार लाई सहमती कायम गर्ने विषयमा गठबन्धन भित्र छलफल हुँदै आइरहेको छ ।

बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सहमतीका विषयमा छलफल भएको तर निष्कर्षमा भने पुग्न नसकेपछि आज फेरि जसपा पार्टी भित्र छलफल गरी टुंगोमा पुग्नको लागी बैठक बस्न लागिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस