आज:  | Sun, 29, Dec, 2024

आन्दोलनरत व्यवसायीले विरोधका कार्यक्रम फिर्ता लिए

३० फाल्गुन २०७९, मंगलवार १९:५५ मा प्रकाशित ( १ साल अघि) ११७८ पटक पढिएको
नारी बाटिका



आन्दोलनरत व्यवसायीले विरोधका कार्यक्रम फिर्ता लिए

नारी वाटिका संवाददाता, ३० फागुन २०७९

चर्को ब्याजदरका विरुद्ध बैंक तथा वित्तीय समस्या  समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका आन्दोलनरत व्यवसायीले आज आफ्नो विरोधका कार्यक्रम फिर्ता  लिएका छन् । व्यवसायीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँगको भेटवार्तापछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

चर्को ब्याज लिएको भन्दै विगत चार दिनदेखी बैंक तथा वित्तिय संस्था विरुद्धको आन्दोलनमा उत्रिएका व्यवशायीहरुले मङ्गलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँगको छलफल पछि आन्दोलन फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनु भएको छ ।

व्यवसायीको अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानका लागि पहल गर्ने प्रधानमन्त्रीबाट आश्वासन आएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको श्रेष्ठले बतााउनु भएको हो ।

बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण बजारमा देखिएका समस्या र हामीले उठाएका मागबारे प्रधानमन्त्रीले सकारात्मक रुपमा लिनु भएको छ । यस विषयलाई गम्भीरता पूर्वक लिदै ब्याजदर घटाउनका लागि सरकारले पहल गर्ने प्रधानमन्त्रीको आश्वासन पायपछि हामीले सबै विरोधका कार्यक्रम आजै देखि फिर्ता लिएका छौँ”, उहाँले भन्नु भयो ।

चर्को ब्याजदरका कारण व्यवशायी हरुलाई व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल, उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार सङ्घ,नाडा अटोमोबाइल्स एसोसिएसन लगायतका निजी क्षेत्रका छाता संघ सङ्गठनमा आबद्ध व्यवसायीहरु आन्दोलित थिए । उनीहरु सोमबार देखि नेपाल राष्ट्र बैंकको परिसरमा धर्ना बसेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस