आज:  | Sun, 22, Dec, 2024

उपराष्ट्रपतिमा भने सहमत जुट्न सकेन, ४ जनाले उम्मेदवारी दिए

२७ फाल्गुन २०७९, शनिबार १५:३६ मा प्रकाशित ( १ साल अघि) ९४६ पटक पढिएको
नारी बाटिका


उपराष्ट्रपतिमा भने सहमत जुट्न सकेन, ४ जनाले उम्मेदवारी  दिए

काठमाडौँ — फागुन २७ बनिवार

राष्ट्रपति निर्वाचनमा १० दलको सहमत बनी डबल मतभारले रामचन्द्र पौडेललाई विजयी गराएका थिए । तर उपराष्ट्रपतिमा भने सहमत जुट्न सकेन,४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।यस निर्वाचनमा भने विभाजित हुने संकेत देखिएको छ ।

उपराष्ट्रपति चयनका लागि जसपाका उम्मेदवार लाई कांग्रेस, माओवादी र नेकपा एसको समर्थन रहेको छ । नयाँ बन्ने उपराष्ट्रपतिको ३ चैतमा निर्वाचन हुँदैछ भने निर्वाचन आयोगकाले आज शनिबार उम्मेदवारी मनोनयनको समयतालिका राखेको छ ।

उपराष्ट्रपतिको उम्मेदवारको नाम टुंग्याउनु अघि शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस र माओवादी केन्द्र सहित १० राजनीतिक दलको बैठकले उपराष्ट्रपतिको निर्वाचनबारे सहमति जुटाउन नसकेको कुरा वाहिर आएको थियौ ।

तर, पनि गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले भने उपराष्ट्रपतिमा जसपाकै उम्मेदवारलाई समर्थन गर्ने जनाएका छन् ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाबाट साझा उम्मेदवार उठाउने सहमति भएको बताउनु भएको छ । ‘सबै दलहरु बिचमा साझा धारणा त बनेको छैन । तर पनि हाम्रो समर्थन जसपालाई नै हुनेछ । जसपाबाट उम्मेदवार उठाउने गठबन्धनमा सहमति पनि भैईसकेको छ ः खड्काले संन्चारकर्मी संग भन्नु भएको छ ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पनि गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाबाटै साझा उम्मेदवारी दिने बताउनु भएको छ । गठबन्धनबाट ‘हामीले जसपालाई उपराष्ट्रपति दिन निर्णय गरिसकेका छौं, जसपाले कसलाई उम्मेदवार बनाउँछ, उही नै हाम्रो उम्मेदवार हो,’ गुरुङले जानकारी दिनु भयो ।

यस अघि उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीबाट साझा उम्मेदवार बनाउने सहमति भइसकेको भएता पनि शनिबारको बैठकमा भने जनमत पार्टीले उपराष्ट्रपतिमा आफ्नो पार्टीको दाबी रहेको भनी पेश गरेको थियो ।

 

उपराष्ट्रपतिमा दुई दलको दाबी रहेपछि १० दलीय गठबन्धनमा त्यसबारे सहमति जुट्न सकेन । शनिबार गठबन्धनमा रहेका दुवै दलले उम्मेदवारी दिने गरी बैठक टुंगिएको छ ।

कांग्रेसबाट राष्ट्रपति उम्मेदवार उठाउने निर्णय भएकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच उपराष्ट्रपतिमा जसपाबाट उम्मेदवार उठाउने बारेमा सहमति भएको थियो ।

त्यही सहमति बमोजिम जसपाले केन्द्रीय कार्यकारिणी सदस्य रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । जसपाका अध्यक्ष यादव रामसहाय प्रसादलाई उपराष्ट्रपति बनाएर आगमी उपनिर्वाचनमा त्यही क्षेत्रबाट भाग लिन चाहेको बुझिएको छ ।

यादवको त्यस्तो स्वार्थ रहेको थाहा पाएपछि अन्य मधेशवादी दलहरूले फरक पार्टीबाट उम्मेदवार बनाउन गठबन्धनमा भित्रभित्रै चलखेल गरिरहेका छन् ।

जसपालाई उपराष्ट्रपति नदिन लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले मोर्चाबन्दी गरिरहेका छन् । शुक्रबार बिहान नागरिक उन्मुक्तिले पार्टी अध्यक्ष रञ्जिता चौधरीलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, उमेर हदका कारण उनीलाई नमिल्ने भएपछि जनमतले उपराष्ट्रपतिका उम्मेदवारको तय गरेको हो ।

जनमतले लोसपा र नागरिक उन्मुक्ति सहितको समर्थन लिएर गठबन्धनमा उपराष्ट्रपतिमा दाबी गर्दै ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जनमतका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले पार्टीले लोसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा ममता झालाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको जानकारी गराएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस