आज:  | Sun, 22, Dec, 2024

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

२६ फाल्गुन २०७९, शुक्रबार १९:०३ मा प्रकाशित ( १ साल अघि) ९६२ पटक पढिएको
नारी बाटिका


काठमाण्डो, फागुन २६
नारी वाटिका संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । नेपालको तेस्रो राष्ट्रपतिका लागि विहिवार भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित हुनु भएको हो ।

राष्ट्रपतिको चयनको लागी विहिवार भएको मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद्प्र,तिनिधिसभा र राष्ट्रियसभा, र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने ब्यवस्था रहेको छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्बाट तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० गरी कूल संख्या आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।

यसैगरी निर्वाचनमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नु भएको थियो । राष्ट्रपति पदको मतदानका लागि विहिवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम गरिएको थियो । मतदानका लागि नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्ला बेग्लै मतदान केन्द्र कायम गरिएको थियो ।

नेपाली काँग्रेका साधकी नेताको रुपमा चिनिने पूर्व सभामुख समेत रहनु भएका पौडेल कांग्रेस सहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल ,लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्थ्यो भने अर्का पूर्व सभामुख नेम्वाङलाई एमाले पार्टी एक्लैको साथ रहेको थियो ।

नेपालको संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख रहेको छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२र६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति पुनः निर्वाचनमा उम्मेदवार हुन नपाउने संविधानमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस