आज:  | Sun, 22, Dec, 2024

२४ औँ स्थापना दिवसको अवसरमा अन्तर्र जिल्ला अवलोकन भ्रमण कार्यक्रमको आयोजना

१७ फाल्गुन २०७९, बुधबार २०:२१ मा प्रकाशित ( १ साल अघि) ७७२ पटक पढिएको
नारी बाटिका


२४ औँ स्थापना दिवसको अवसरमा अन्तर्र जिल्ला अवलोकन भ्रमण कार्यक्रमको आयोजना

धादिङ, १७ फागुन ।

नारी जागरण केन्द्रले आफ्नो स्थापना कालको २३ वसन्त पुरा गरी २४ औँ वर्षमा प्रवेश गर्ने क्रममा स्थापना दिवसको अवसर पारेर ८० जनाको टिमलाई सहभागी गराई अन्तर्र जिल्ला अवलोकन भ्रमण कार्यक्रमको आयोजना गर्ने भएको छ । २४औँ संस्था स्थापना एव् ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अन्तर्र जिल्ला अवलोकन भ्रमण कार्यक्रमको आयोजना गरिने भएको हो ।

संस्थाको २४ औं स्थापना तथा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवशर पारेर नारी जागरण केन्द्र (एन् जे के धादिङ ) नारी बिकास महिला बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा यही फागुन १९ देखी २२ सम्म करिव १०।११ जिल्लामा अवस्थित धार्मिक तिर्थस्थलहरु मध्यका मुक्तिनाथ,गलेश्वर महादेव धाम,वाग्लुङ कालिका मन्दिर,पोखराको तालवाराही लगायत नेपालका पौराणिक महत्व बोकेको स्थलहरुको दर्शन गराउने कार्यक्रम रहेको छ ।

यस्तै सोही अवशरमा खाली बस्ने समयको सदुपयोग गरी साना व्यवशाय संन्चालन गर्दा आर्थिक उपार्जन हुने र बालबच्चाको पठनपाठन र घर चलाउन अरुको भर पर्न नपर्ने भएकोले परिवारमा हुने घरेलु हिंसा पनि कमी आउने भएकोले केन्द्र अन्तर्रगतका समुह र सहकारीका सदस्यहरुलाई अन्य जिल्लामा संन्चालित व्यवशायको अवलोकन भ्रमण गराउन लागिएको हो ।

त्यसैगरी २०५६ साल फागुन २३ गते स्थापन भएको सुखद उपलक्ष्यमा नारी जागरण केन्द्रको २४ औं जन्मदिन एवं् हरेक वर्ष फागुन २४ अर्थात मार्च ८ मा पर्ने अन्र्राष्ट्रिय नारी दिवशको अवसरमा यही फागुन २४ का दिन विभिद कार्यक्रमको साथमा खुल्ला रक्तदान गरी मनाउने योजना तय गरेको केन्द्रले जानकारी गराएको छ ।

केन्द्रकै सक्रियतामा २०६३ मा स्थापित नारी बिकास बचत तथा ऋण सहकारी संस्थाको सयुक्त आयोजनामा यही फागुन १९ देखी २२ सम्म हुन गैरहेको अन्तर्र जिल्ला अवलोकन भ्रमण धादिङ देखी कास्की पोखरा,वेनी,म्याग्दी, वाग्लुङ, पर्वत,मुस्ताङ,जुम्सुङ लगायत ११ जिल्लाको विभिन्न धार्मिक तिर्थस्थल तथा मठमन्दिर,साना सफल रुपमा संन्चालित व्यवशायहरु,नियम अनुसर संन्चालनमा रहेका सहकारीहरुको अवलोकन गरिने कार्यक्रम रहेको आयोजक संस्था नारी जागरण केन्द्रले जनाएको छ ।

नेपाली समाजमा महिला माथी हुने घरेलु हिंसा तथा महिला वालिका मात्रै नभई लैंगिकताको आधारमा हुने गरेको लैंगिक हिंसा विरुद्धमा काम गर्नको निमित्त विगत २५ वर्ष अगाडी नेपालको गैह्र सरकारी संस्था संन्चालन ऐन २०३४ को नियम अनुसार स्थापना गरिएको थियो ।

नारी जागरण केन्द्र बाट समुदाय तहमा ५० भन्दा बढी २५ जना महिला तथा पुरुष सदस्य रहन सक्ने समुह निर्माण गरी सकारात्मक सामाजिक सचेतना,आर्थिक उपार्जनका लागी नारी विकास सहकारी मार्फत विपन्न वर्गका समुदायमा सिम,क्षमता अभिवृद्धी गराउदै न्युन ब्याजदर तथा सहुलियत रुपमा कर्जा प्रभाह गरी सदस्यलाई आर्थिक उपार्जनमा उकास्ने कार्यमा सघाउदै आईरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस